किम पत्नी री सोल प्रथम महिला घोषित



प्योङयाङ, (एजेन्सी)
परमाणु तथा क्षेप्यास्त्र कार्यक्रम रोकेर अमेरिकासँग वार्तामा आउन तयार भएका उत्तर कोरियामा लगातार आन्तरिक परिवर्तन भइरहेको छ ।

बिहीबार उत्तर कोरियाली राष्ट्र«पति किम जोङ उनले आप्mनी पत्नी री सोल जुलाई फस्र्ट लेडी (प्रथम महिला) घोषित गरे । उत्तर कोरियामा ४० वर्षपछि यो सम्मानको प्रयोग भएको छ । पत्नीको पदोन्नति गर्नुमा कोरियाली राष्ट्र«पति किम जोङ उनको उद्देश्य अमेरिकी राष्ट्र«पति डोनाल्ड ट्रम्पसँगको प्रस्तावित शिखर वार्ता भएको बताइएको छ ।

मेको अन्त्य वा जुनको पूर्वाद्र्धमा हुने बैठकमा किमले आफ्नी पत्नी रीलाई राष्ट्र«पति ट्रम्पकी पत्नी मेलानियाकै समान दर्जा दिन चाहेका छन् ।
हालै मात्र री सोल जु नेता किमसँग धेरैजसो आधिकारिक कार्यक्रमहरुमा सहभागी भएकी छिन् । तर पहिलो पटक उनी सार्वजनिकरूपमा गत सप्ताहन्तमा चिनियाँ कलाकारद्वारा प्रस्तुत ब्याले नृत्य प्रदर्शनमा देखिएकी थिइन् । सञ्चार माध्यमले पछिल्लो सक्रियतालाई लिएर उनलाई ‘सम्माननीय प्रथम महिला’को नाम दिएको थियो ।

उत्तर कोरियाको इतिहासमा करिब ४० वर्षपछि उक्त सम्मानको प्रयोग गरिएको थियो । यसअघि प्रथम महिलाको टाइटल देशका संस्थापक नेताकी पत्नीका लागि उपयोग हुने गरेको थियो । सन् १९७४ मा अन्तिमपटक यो सम्मान उत्तर कोरियाली संस्थापक किम इल सुङकी दोस्रो पत्नी किम सोङले पाएकी थिइन् ।
अहिलेसम्म रीलाई उत्तर कोरियामा कमरेडका रूपमा सम्बोधन गरिँदै आइरहेको थियो । उत्तर कोरियाकी वरिष्ठ महिला एन्कर री चुनले नै री सोललाई प्रथम महिला बताएकी थिइन् । सन् २०१२ सम्म री सोल गायन क्षेत्रमा आबद्ध थिइन् । सन् २००५ मा दक्षिण कोरियामा आयोजित एक अन्तर्राष्ट्रि««य खेल आयोजनामा आफ्नो देशका लागि उनीले एक चियरलिडरका रूपमा काम गरेकी थिइन् ।

तीन सन्तानकी आमा २९ वर्षीया री रोल हाइ प्रोफाइलका महिलाका रूपमा प्रसिद्ध भइसकेकी छिन् । उनी फेसनको मामिलामा पनि अत्यन्त सजग देखिएकी छिन् । उनी प्रायः घरानियाँ पहिरनमा देखिने गरेकी छिन् । केही विज्ञहरुले किमकी आमा योङ हीको निधनपछि री सोलको सार्वजनिक रूपमा सक्रियता बढेको बताएका छन् । किमकी आमाको क्यान्सरबाट सन् २००४ मा निधन भएको थियो ।

री सोललाई प्रथम महिलाको सम्मान दिनुको अर्थ विश्वसामु उत्तर कोरियाले आफूलाई एक सामान्य देशका रूपमा प्रस्तुत गर्न चाहेको विज्ञहरुको राय रहेका छन् । आगामी शुक्रबार किमकोे दक्षिण कोरियाली राष्ट्र«पति मुन जे इनसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उनले अमेरिकी राष्ट्रपतिसँग भेट्नेछन् । यी दुवै कार्यक्रममा किमसँग री सोल उपस्थित हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्