पूर्वी पहाडको कथामा सर्वनाममा परिबन्द



सर्वनाम थिएटरले शुरूमा हसाउँदै र अन्तमा रुवाउँदै नाटक परिबन्दबाट दर्शकलाई लोभ्याइरहेको छ। गोलो घेरामा हात समाएर छुई हा हा गाउँदै शुरू हुने नाटकले अन्त्यसम्म दर्शकलाई बाँधेर राख्दै दर्शकलाई लोभ्याउन सफल भएको हो।

पूर्वी पहाडको ग्रामीण भेगको कथा बोकेको नाटकले एक संघर्षशील नारीको आरोह–अवरोहलाई चित्रण गरेको छ। गाउँमा नुमासँग विवाह गरी सुखका साथ बसेको पारुहाङ राम्रो उब्जनी नभएकाले विदेसिएपछि नुमाको जीवनमा आएको उथलपुथल नै नाटकको मूल द्वन्द्व हो। खित्का छोडेर हँसाउँदै शुरू हुने नाटकले अन्त्यमा दर्शकलाई भाववि≈वल बनाइदिन्छ।

सर्वनाम थिएटरको १२औं ब्याचका प्रशिक्षार्थी समूहले तयार पारेको नाटकमा अभिनयसँगै लेखन र निर्देशन पनि समूहले नै गरेको थियो। नाटकका लागि मञ्चमा देखिएका सबै कलाकारले चरित्रलाई जीवन्त बनाएका छन् भने बबिहाङको भूमिकामा देखिएका शिद्धलाल महर्जन, नुमाको भूमिकामा देखिएकी वर्षा मल्ल, पारुहाङको भूमिकामा देखिएका पास्लाक्पा शेर्पाले राम्रो छाप छोडेका छन्। त्यसै गरी सुस्मिता, थुङ्मा, सोल्टिनी र सुजाता गरी चारै भूमिकामा देखिएकी शोभा लिम्बु पनि जीवन्त लाग्छिन्। गत वैशाख १ गतेदेखि मञ्चित नाटक यही वैशाख १५ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्