सीतारामले ल्याए स्वार्थी गीत



गायक सितारमा पोखरेल आफ्नो १७औं म्युजिक भिडियोका साथ आएका छन्। ३ दशकदेखि नेपाली गीतसंगीतको क्षेत्रमा क्रियाशील उनले आफूद्वारा स्वरवद्ध स्वार्थ तिम्रो बोलको गीतको म्युजिक भिडियो राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेका छन्।

फिल्म निर्देशक तथा लेखक लक्ष्मीनाथ शर्माले उनको म्युजिक भिडियो समर्वजनिक गरेका हुन्। गीतमा शब्द रमेश अधिकारी, संगीत करणराज कार्की तथा संयोजन विजेश्वर तण्डुकारको रहेको छ। बुढासुब्बा म्युजिकले बजारमा ल्याएको भिडियोलाई जनकदीप पराजुलीले निर्देशन गरेका छन्। म्युजिक भिडियोमा गायकका पोखरेलका साथमा नायिका अनु शाह, नायक सुवास पराजुली र अर्जुन गौतम तथा बाल कलाकार प्रान्स तिवारीले अभिनय गरेका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा फिल्म निर्देशक लक्ष्मीनाथ शर्माले गीतको म्युजिक भिडियो मिनी सर्ट फिल्म भएको चर्चा गरे। ‘उहाँको गीत म पहिलेदेखि नै सुन्थँे। उहाँले नेपाली म्युजिक भिडियोमा नयाँ प्रयोग गरिरहनुभएको छ।’ –शर्माले भने। त्यसै गरी चलचित्र पत्रका संघका अध्यक्ष सन्दिप सापकोटाले गायक पोखरेललाई शुभकामना व्यक्त गरेका थिए। गायक पोखरेलले म्युजिक भिडियोमा निर्देशक जनकदीप पराजुलीलगायत सबैले निकै मेहनत गरेको र दर्शकलाई मन पर्ने विश्वास व्यक्त गरे।


खोटाङमा जन्मेर विराटनगरमा हुर्केका सीतारामले काठमाडँैंलाई कर्मथलो बनाउँदै २०४४ सालमा रेडियो नेपालमा सजाइ दियौं जिन्दगी नै मेरो बोलको गीत रेकर्ड गराएर सांगीतिक जीवनमा प्रवेश गरेका थिए। दशकभन्दा लामो समय नेपाल आयल निगममा सेवा गरी हालै निर्देशक पदबाट आवकाश पाएका उनले आधुनिक, पप, राष्ट्रिय गीत तथा भजन गरी उनले हालसम्म १ सय ५० भन्दा बढी गीत गाएका छन्।

प्रतिक्रिया दिनुहोस्