जुत्ता खुस्किएला हैं !



एकले अर्कोको अस्तित्व स्वीकार्न नसक्ने, अर्कोलाई सम्मान गर्न नसक्नेहरू झन्डै ६ महिनायता एक भएर अघि बढ्ने दाबी गर्दै आएका छन्। तर, एक हुन सकेका छैनन्। अल्लारे उमेरका ‘गलफ्रेन्ड’ र ‘ब्वाइफ्रेन्ड’ झैं बनेका छन् एमाले र माओवादी।

दुवै हरेक दिनजसो ‘बार्गेनिङ’ गर्छन्। ‘बार्गेनिङ’ को विस्तृत व्यहोरा धरहराले बताइरहनुपर्दैन, पाठकवृन्दलाई घामझैं थाहा भएकै कुरा हो। कहिले कम्युनिस्ट पार्टी स्थापनाको दिन एकता घोषणा हुन्छ भन्ने कहिलेचाहिँ तयारी पुग्या छैन भन्ने, खै के खै के ? एमाले अध्यक्ष ओलीले आइतबार जुत्ता मिलेन भने खुट्टा ताछेर भए पनि मिलाउने कुरा ग¥या सुनियो।

आफँसँग जोरी खोज्दै आएका र जोरी खोज्न सक्ने सम्भावित पात्रहरूलाई यही मौकामा ‘किक आउट’ नगरेसम्म जुत्तासँधै साँघुरै हुन्छ नि कम्रेड⁄’ कि जुत्ता फराकिलो बनाउनुप¥यो। जुत्ता फराकिलो बनाउँदा फेरि खुकुलो भएर जुनसुकै बेला खुट्टा फुत्त फुत्त बाहिर निस्कने डर। जे गरे नि हाइसञ्चो नहुने भो। राजनीति भन्या यही होला।

अस्ती खै कहिले प्रचण्ड कम्रेड त तनाव धपाउन उता सुकुटेतिर गएर आए क्यार, अब पीएमज्यँले पनि कतै पुगेर तनाव धपाएर जुत्ता बनाउने जुक्ति खोज्ने हो कि ? आखिर दुवैतर्फको जुत्ताको साइज थाहा भएकै हो क्यारे!

प्रतिक्रिया दिनुहोस्