शुभकामना आदानप्रदान



शालिकराम चालिसे, नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी एमाले नुवाकोटले आइतबार पार्टी स्थापनाको ७० औ दिवस पारेर चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।

पार्टी स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा बोलदै एमाले नुवाकोटका अध्यक्ष तथा नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं १ का निर्वाचित सांसद नारायण प्रसाद खतिवडाले दुवै कम्युनिष्ट पार्टीको स्थापनाले देशले संवृद्धिको बाटो समात्ने बताउनुभयो ।

खतिवडाले अब मुलुकको सिङ्गो नेतृत्व कम्युनिष्ट पार्टीले मात्र गर्ने भन्दै छरिएर वसेको नेमकिपा, नेकपा माले,वैद्य माओवादी तथा विप्लव माओवादी सबै कम्युनिष्ट घटकलाई एकताको माटोमा आउन आग्रह गर्नुभयो । खतिवडाले जनताका् इच्छा र आकांक्षा पुरा गर्न एउटै कम्युनिष्ट घटकको निर्माण गनुपर्नेमा जोड दिँदै सबै मिलेमा मात्र संभव हुने बताउनुभयो ।

त्यस्तै कार्यक्रमका बोल्दै माओवादी नुवाकोटका प्रमुख तथा प्रदेश सभासद हिरानाथ खतिवडाले नेपालको जनताहरु सधै परिवर्तनशील र क्रान्तिकारी भएको भन्दै जनताहरुले परिवर्तनको लागि निरन्तर सहयोग गरिरहेको बताउनुभयो ।

एमालेको स्थावना दिवस मनाइरहँदा नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थितिले आफु हौसिएको भन्दै खतिवडाले अब एउटै कम्युनिष्ट केन्द्र बनाउँन कसैले रोक्न नसक्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै पुर्व सांसद विन्दा ढुङ्गानाले कम्युनिष्ट पार्टीको एकतासँगै संवृद्ध नेपाल निर्माण हुने धारणा व्यत्त गर्नुभयो । उहाँले निर्वातिच जनप्रतिनिधि र नेता तथा कार्यकर्ताहरु मिलेर नेपालका कम्युनिष्ट पार्टी बनाउनुको विकल्प नरहेको बताउनुभयो ।
एमालेको ७० औ वर्षगाठ कार्यक्रममा केन्द्रमा प्रमुख दुई कम्युनिष्ट घटकहरु एमाले र माओवादी मिल्न नसकेको अवस्थामा नुवाकोटमा भने दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुले एक मञ्चमा उभिएर एक भएको सन्देश दिएका थिए ।

कार्यक्रममा नुवाकोट एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा दुवै पार्टीका नेता तथा कार्यकर्ताहरुले पार्टी एकताको ढिलाई हुँदा आम कार्यकर्तामा भ्रम सिर्जना भएको भन्दै नेतृत्वले छिट्टै एकता प्रक्रियालाई निकास दिनुपर्नैमा जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्