लायन्स डिष्ट्रिकमा श्रेष्ठ



टंकराज अधिकारी, पोखरा । लायन्स क्लब अन्तर्रा्ष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालको शनिबार पोखरामा सम्पन्न छैटौं अधिबेशनले अशोक श्रेष्ठलाई डिष्ट्रिक गभर्नरमा निर्वा्चित गरेको छ ।

लायनबर्ष २०१८/१९ का लागि डिष्ट्रिक्ट गर्भनरमा हालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर अशोक श्रेष्ठ, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरमा हालका द्धित्तिय भाईस डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल स्वतः निर्वाचित हुनुभएको हो । लायन्सको परम्परा अनुसार एस भोट भने लिनुपर्ने प्रावधान अनुरुप गर्भनर पदका उमेदवार श्रेष्ठलार्ई खसेको मतको ६८१ एस भोट र २५ नो भोट साथै प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरका उमेदवार लम्साललाई ५८५ एस र ११० नो भोट परेको थियो ।

द्धित्तिय भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि दुई जना उम्मेदवार मन रोका र मणिश्री रत्न बज्राचार्य बीच प्रतिस्पर्धा भएको थियो । रोका र बज्रचार्य बिच भएको प्रतिश्पर्धामा ३७ मतले पछाडि पार्दै रोका निर्वा्चित भएका हुन । रोकाले ३७२ बज्रचार्यले ३३५ मत प्राप्त गरेका थिए । ७३१ मतदाता रहेको महाधिबेशनमा ७११ मत खसेको थियो । कुल ३ सय ३३ क्लब रहेको डिष्ट्रिकमा १० हजार ५ सय १४ सदस्य रहेका निर्वाचन अधिकृत पुर्व डिष्ट्रिक्ट गभर्नर योगेन्द्र प्रधानले जानकारी गराएका थिए ।

यसैबीच डिष्ट्रिक्ट गभर्नरमा निर्वा्चित अशोक श्रेष्ठले पदाधिकारी समेत शनिबार नै चयन गरेका छन् । उनले डिष्ट्रिक्ट सेक्रेटरीमा रामबहादुर बसेल, ट्रेजररमा माधवबहादुर पन्त, डिष्ट्रिक चिफ एडभाइजरमा धुर्व श्रेष्ठ, पिआरओ इन चिफमा परमेश्वर बराललाई चयन गरेका छन् ।
लायन वर्ष २०१८÷०१९ का लागि निर्वाचित डिष्ट्रिक गभर्नर अशोक श्रेष्ठले लायन्समा हृदयदेखि नै सेवा गर्न आएको भन्दै ब्यक्तिगत स्वार्थबाट माथी उठेर मानव सेवामा केन्द्रित हुने बताए ।

प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर ईन्दु लम्साल ले डिष्ट्रिक्टलाई अझ गतिशिल बनाउन र समग्र लायन्सलाई नै अघि बढाउन आफू प्रयत्नशिल हुने स्पष्ट पारे । द्धित्तिय भाइस डिष्ट्रिक्ट गभर्नर मनबहादुर रोकाले डिष्ट्रिक्ट गभर्नरले अगाडि सारेका कार्यक्रम सफल बनाउन लागिपर्ने बताए । द्धित्तिय भाइस डिष्ट्रिक्ट गभर्नरका प्रत्यासी मनिश्री रत्न बज्राचार्यले चुनावी प्रतिश्पर्धा स्वभाविक रहेको बताउदै चुनाव एक दिनलाई हो सकियो एक भएर अगाडि बढ्ने बताए ।

नयाँ पदाधिकारीहरुलाई शुभकामना दिंदै मल्टीपल काउन्सिल चेयरपर्सन बालकृष्ण बुर्लाकोटी र डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले लायन्समा केही विकृति भित्रिन थालेको हो कि भन्दै चिन्ता प्रकट गरे । उनले लायन्स जस्तो सामाजिक क्षेत्रमा बसेर काम गर्दा नो भोट बढ्नुलाई सकारात्मक रुपमा लिन नसकिने भन्दै यस विषयलाई गम्भीर रुपमा लिएर र आफ्ना त्रुटिहरुलाई सच्याएर अघि बढ्न सुझाव दिएका थिए ।

कार्यक्रममा पुर्व मल्टिपल काउन्सिल चियर पर्सन गिरधारी शर्मा, डिष्ट्रिक्ट सेक्रेटरी चण्डी अर्याल, महाधिवेशन संयोजक विश्वेश्वर आचार्य लगायतले नयाँ पदाधिकारीहरुलाई शुभकामना दिएका थिए ।

शुक्रवार महाधिबेशनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि रवीन्द प्रसाद अधिकारीले बाह्य पर्यटक प्रवर्धनका लागि आन्तरिक पर्यटनको बिकास नभई नहुने बताएका थिए । उनले सन २०२० लाई पर्यटन भ्रमण बर्षका रुपमा मनाउने सरकारको तयारी भएको बताउदै आन्तरिक पर्यटनको बिकास गर्दै अधि बढ्नुपर्ने उल्लेख गरे । सन २०२० मा १५ लाख पर्यटन भित्राउने लक्ष्य रहेको राम्रो तयारी हुन सकेमा २० लाख पर्यटन पुरयाउन सकिने उनको भनाई रहेको थियो ।

लायन्सले सामाजिक सेवाका क्षेत्रमा महत्वपुर्ण योगदान गरेको बताउदै मन्त्रि अधिकारीले भुकम्प पछिको उद्धार तथा राहत जस्ता काममा लायन्सले निर्वाह गरेको भुमिका प्रसांयोग्य भएको उल्लेख गरे ।

लायन्स क्लब अन्तर्रा्ष्ट्रिय डिष्ट्रिक्ट ३२५ बी १ नेपालका डिष्ट्रिक्ट गभर्नर धनराज आचार्यले लायन्सले सामाजिक सेवाका क्षेत्रमा आफुलाई क्रियाशिल बनाएको बताउदै क्लबले आफ्नो कार्य अवधिमा योजना अनुसार बिभिन्न काम सम्पन्न गरेको जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्