पञ्जाव आईपीएल क्रिकेटको शीर्ष स्थानमा



काठमाडौँ । आइपिएलमा शनिबारको खेलमा कोलकाता नाइट राइडर्सलाई ९ विकेटले हराउँदै पञ्जाव शीर्ष स्थानमा उक्लिएको छ ।

‘युनिभर्स बोस’ क्रिस गेल चम्किएपछि किंग्स इलाभेन पञ्जाव आईपीएल क्रिकेटको शीर्ष स्थानमा उक्लिएको हो । १३ ओभरमा १ सय २५ रनको लक्ष्य पाएको पञ्जावले ११ ओभर १ बलमा मात्र १ विकेट गुमाएर पञ्जावले लक्ष्य भेट्टाएको हो ।

पञ्जावलाई जिताउन क्रिस गेलले अविजित ६२ रन बनाए । ३८ बल खेलेका गेलले ५ छक्का र ६ चौका प्रहार गरेका थिए ।

जितपछि पञ्जाव चेन्नाइलाई पछि पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पञ्जावले पाँचमध्ये चार खेल जित्दै आठ अंक बनाएको छ । चेन्नाइको पनि आठ अंक नै भए पनि रन औसतमा पञ्जाव शीर्ष स्थानमा उक्लिएको हो ।

प्रतिक्रिया दिनुहोस्