एन्जेलिनाका नयाँ प्रेमी



हलिउड अभिनेतृ एन्जेलिना जोलीले कथितरूपमा एक रिएल स्टेट एजेन्टको साथ डेटिङ गरिरहेको एजेन्सीले जनाएको छ।

हलिउडको एक अनलाइनले सूत्रलाई उद्धृत गर्दै लेखेको समाचारअनुसार ४२ वर्षीया जोलीले आफ्नो एक साथीसँग आफू डेटका लागि तयार नभएको बताए पनि पछिल्लो समय उनीभन्दा बूढो देखिने एक सुन्दर पुरुषसँग उनी देखिएकी छिन्। पेसाले रियल स्टेट एजेन्ट रहेका उक्त व्यक्ति न कुनै सेलिब्रेटी हुन्, न त हाई प्रोफाइल व्यक्ति नै हुन्।

तर, पनि उनी समय बिताउनका लागि वयश्क व्यक्तिसँग हिँडिरहेको समाचारमा जनाइएको छ। केही समयअघि उनी एक बिजनेसम्यानसँग डेटिङ गरिरहेकी छिन् भन्ने खबर पनि आएको थियो। एन्जेलिनाले पूर्वपति तथा अभिनेता ब्राड पिटसँग अघिल्लो वर्ष सेप्टेम्बरमा सम्बन्ध विच्छेद गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्