कांग्रेसमा संस्थागत निर्णय नै हुँदैन



गुरुराज घिमिरे
केन्द्रीय सदस्य,
नेपाली कांग्रेस

गुरुराज घिमिरे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ। नेपाल विद्यार्थी संघका अध्यक्षसमेत भइसक्नुभएका उहाँ पार्टीको १३औं महाधिवेशनमा प्रदेश नम्बर १ बाट निर्वाचित हुनुभएको हो। पार्टीमा भएका गलत गतिविधिलाई गलत भन्दै आउनुभएका उहाँ पार्टीको पक्षमा जनमत घट्दै गएकाले यसलाई जोगाउनु चुनौती रहेको दावी गर्नुहुन्छ। कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा हार खानुको कारणबारे खोजी गरिनुपर्ने उहाँको भनाइ छ। घिमिरे सरकारको आलोचना र समर्थन गर्ने बेला भइनसकेको बताउनुभयो। प्रस्तुत छ, उहाँसँग नेपाल समाचारपत्रका लागि गंगा बरालले गरेको समसामयिक कुराकानीः

नेपाली कांग्रेस अहिले के गर्दै छ ?

हाम्रो पार्टीको केन्द्रीय कार्यसमितिको बैठक चलिरहेको छ। केही दिन स्थगित भएको बैठक आजबाट फेरि बस्दै छ। बैठकमा ऐतिहासिक प्रतिनिधिसभा, राष्ट्रियसभाको निर्वाचनपछि नेपाल नयाँ अध्यायमा अघि बढेको छ। संघीयता स्थापना गर्ने, निर्वाचन गर्ने, गणतन्त्रलाई कार्यान्वयन गर्ने काम कांग्रेसले नै गरेको छ, यो कुरा सत्य भए पनि हामीले समयमै जनतालाई बुझाउन सकेनौं। राष्ट्रिय एकतालाई बलियो बनाउने काम कांग्रेसले गरेको छ। तर पनि यसको साथसाथ निर्वाचनमा सोचेजस्तो सफलता नपाउँदा सबैको मनमा पीडा छ। कार्यकर्तामा छटपटी र चिन्ता छ। यो बीचमा कार्यकर्ता र पार्टी पंक्तिमा नै केही प्रश्नहरू उब्जिएका छन्। सबै राम्रा काम कांग्रेसले गर्ने अनि निर्वाचनमा हार्ने चाँहि किन हो भन्ने प्रश्नको खोजी गर्ने बेला भएको छ।

अब बैठकमा उठाउनुपर्ने विषय के–के हुन् ?

बैठक चलिरहेको छ। बोल्ने क्रम हुँदै छ, सबैले बोलिसकेपछि आएको निचोडलाई एकीकृत गरेर नयाँ ढंगले अघि बढ्नु जरुरी छ। समीक्षामा आएका कुरालाई नजिकबाट हेरेर विगतमा भएका कमी–कमजोरीलाई फेरि नदोहो¥याउने गरी अघि बढ्नु आजको खाँचो रहेको छ। अरूलाई गलत देखाएर सबै काम मैले मात्र गरेको हुँ भन्ने सोच कसैमा हुनुहुँदैन।

कांग्रेस हारका प्रमुख कारण के–के होलान् ?

पार्टीमा संस्थागत पद्ध्ति नभएकामा चिन्ता छ। विधिसम्मत ढंगले निर्णय नगर्ने प्रवृत्ति हावी छ। अझै पनि पार्टीमा तेरो र मेरो भन्ने चलन छ। नेताहरू मनोगत ढंगले चल्नुभएन। गुटगत ढंगले चल्ने र वास्तविक कार्यकर्ताले कतै पनि अवसर पाएनन्। नेताको खल्तिबाट नाम निकालेर अवसर दिने पुरानो चलनमा सुधार नआइकन सुधार हुने केही सम्भावना छैन। यो पुरानो ढर्राले देख्दा नेताहरूमात्र नभई कार्यकर्ता र सर्वसाधारणमा पनि चिन्ता छ। पार्टीको आन्तरिक संगठन मजबुत गर्न, भइरहेका संघ–संगठनलाई परिचालन गर्न र थप जिम्मेवार बनाउन नसक्नु हाम्रो प्रमुख समस्या हो।

भ्रातृसंगठनहरूले पनि आफ्नो दायित्व र जिम्मेवारी बुझ्न सकेनन्। नाम मात्रको संगठनले पार्टी बन्न सक्दैन। विपक्षीहरूको गतिविधिलाई ध्यानमा राख्दै कांग्रेसले आफूलाई समयसमापेक्ष परिवर्तन गर्ने दिशातिर लाग्नुपर्छ। पार्टीमा समस्या छ भनेर मात्र भएन, त्यसलाई कसरी हल गर्ने भन्नेतिर ध्यान जान सकेको छैन। पार्टीका समस्या र कमजोरीलाई अरूले थाहा पाउने गरी बाहिर ल्याउनुहुँदैन। यो एउटा समस्या छ जसले गर्दा विपक्षीले हामी विरोधी योजना बनाएर पेल्दै र कमजोर पार्दै जान्छ। प्रभावकारी कार्यशैली अपनाउन सकिएको छैन, कांग्रेसले दक्षता र क्रियाशीलता बढाउँदै जानुपर्छ। जबसम्म वैचारिक धार स्पष्ट हुन सक्दैन तबसम्म पार्टी सक्रियताका साथ अघि बढ्न सक्दैन। पार्टीले प्रजातान्त्रिक धार अवलम्वन गरेको भए पनि व्यवहारमा त्यसको सही प्रयोग भएको छैन। जनतासँगको सम्बन्धलाई बलियो बनाउन सकिएको छैन। मतदान गर्नुभनेको औलो काटेर दिनुजस्तै हो, कांग्रेसी जनताको मन दुःखेको छ त्यसैले पनि कांग्रेस सचेत हुने बेला भएको छ।

यही बैठकमा पदाधिकारी मनोनयन गर्ने हो ?

त्यस्तै कुरा आएको छ। यो गर्ने दायित्व सभापतिको हो, सभापति र उहाँसँग प्रतिस्पर्धा गर्नेहरूबीचको समन्वयमा मनोनयन हुनसक्छ। प्रस्तावित नामलाई निर्वाचित कार्यसमितिले अनुमोदन गर्नुपर्छ तर मनोनित गर्दा कार्यकर्ताको भावनाको सम्बोधन होस् भन्ने अपेक्षा छ। महाधिवेशनको परिणाम आएको मितिले २ महिनाभित्र मनोनित गर्नुपर्ने हो, विधान मिचियो, विधानसम्मत ढंगले पार्टी चलेन भनिरहेका छौं तर भनेर मात्र केही लागेको छैन। अहिले ६० र ४० को भागबण्डा भएको छ, यो भावनाको अन्त्य गर्नुको साटो उल्टै संस्थागत गर्ने काम भएको छ। विभिन्न गुट र उपगुटले कांग्रेसलाई कमजोर बनाएको छ। हरेक निर्वाचनमा गुटगत द्वन्द्व र संघर्षले पार्टीलाई संकटमा पारेको छ। विभागहरू गठन हुन सकेका भए मात्र पनि कार्यकर्तालाई काम गर्ने अवसर मिल्थ्यो, जसले गर्दा कार्यकर्ता व्यवस्थापनको एउटा राम्रो पक्ष बन्न सक्ने थियो।

देशको प्रधानमन्त्री विदेश जाँदा गलत सन्धीसम्झौता गरेर आउनुभयो भन्न पनि मिल्दैन र त्यस्तो नहोस् पनि। हामीले भारत, चीनमात्र होइन अन्य देशसँग पनि नजिकको र आपसी समझदारी बलियो हुने गरी सम्बन्ध राख्नुपर्छ। कसैलाई पनि काखा र पाखा गरेर जानु शत्रु कमाउनु हो।

कांग्रेसका प्रमुख कमजोरी के–के हुन् ?

मुख्य कुरा पार्टीमा संस्थागत निर्णय नहुनु नै एउटा प्रमुख समस्या हो। निर्णय गरेर मात्र टिकट दिने पद्धतिको विकास गर्न सकेनौं। मुख्य नेताहरू सानो सोचबाट माथि उठ्न सकेनन्। पार्टीलाई व्यक्तिगत तवरले चलाउन खोजियो भने एकपछि अर्को समस्या बढ्दै जानेछ। अचम्मको कुरा के छ भने यतिधेरै मानिसको समर्थन छ तर पनि किन कांग्रेस कमजोर भयो भन्ने प्रश्नको सजिलो उत्तर दिन सक्ने वातावरण तयार पार्नुपर्छ। एउटाले टिकट पाउँदा अरू पक्षले असहयोग गर्ने परम्परा तोड्नु आवश्यक छ। यसपालि एकातिर हामी कमजोर भयौं, निर्वाचनका बेला किन मतदान गर्ने कांग्रेसलाई भन्न सकेनौं, विपक्षीहरूले राम्रा र मीठा कुरा गरेकाले जनताले बुझेर वा नबुझेर होला त नि भनेर एकहोरो रूपले वाम गठबन्धनलाई मतदान गरे। यो समस्या अझै पनि खतरनाक ढंगले देखापरेको छ।

पार्टी सभापति देउवालाई मात्र दोष दिएर निकास निस्कन्न, उहाँले मात्र यो अवस्था निम्त्याएको होइन भन्नेहरू पनि छन् नि ?

सभापति भएको हुनाले राम्रो भए पनि र नराम्रो भए पनि देउवाले नै बढी जिम्मेवारी लिनुपर्छ। तर त्यसो भन्दैमा अरू कसैको पनि भूमिका छैन भन्ने होइन, कसले कति पद र भूमिका वहन गरेको छ त्यति नै दोषी हुन्छ। अब भोलिको दिनमा कांग्रेसको इतिहास भनेर र पुरानो गाथा गाएर कांग्रेसप्रति जनताको भावना बदल्न सकिँदैन। जीवनमा देखिने गरी सकारात्मक काम गर्नुपर्ने बेला हो यो। प्रत्यक्षतर्फ २३ सिट मात्र जित्यौं यो दुःखद् पक्ष हो तर त्यति भन्दाभन्दै पनि समानुपातिकमा आएको नतिजाले भने उत्साहित बनाएको छ। त्यसो हुँदा यहाँ बीचमा के समस्या रहेछ भन्ने सत्थतथ्य पत्ता लगाउन सकिएन भने फेरि पनि अवस्थामा सुधार आउँदैन। एमालेले हामीभन्दा १ सिटमात्र बढी पायो समानुपातिकमा, यसको सोझो अर्थ के हो भनें कांग्रेसप्रति जनताको चासो र विश्वास छ तर हामीले त्यसलाई व्यवस्थित गर्न सकेनौं। एकातिर निर्वाचनको मुखमा आएर दुई ठूला कम्युनिस्ट पार्टी मिलेपछि जनतामा उनीहरूप्रति सकारात्मक सन्देश गएपछि जति आउनुपर्ने हो त्यो मत आएन। एकताको व्यवहारिक पाटोमा शंका गर्नु हुँदो रहेनछ तर हामीले एकताको भावनामाथि पनि गलत टिप्पणी गर्दै आफ्नै मात्र कुरा गरेर हिँड्यौ, एकतामा देखिएको विश्वास र समझदारीले अन्तिममा घाटा भयो।

केही नेताहरू युवाको नाममा पार्टीलाई परिवर्तन गरेर जाने भनेर लागेका छन् नि, के त्यो सम्भव छ ?

हामीले भाषणमा मात्र सबै थोक गर्छौं भनेर हुँदैन अब परिणाम खोज्ने बेला भएको छ। उहाँहरूको जोश र जाँगरको सम्मान गर्छु, पार्टी बनाउन लाग्नुहोला शुभकामना। तर फेरि पनि समूहको नाममा कसैले आफ्नो स्वार्थ पूरा गर्न पार्टीलाई प्रयोग गर्छ भने त्यो घातक हुन्छ। बाहिर एउटा कुरा भित्र एउटा काम कसैले नगरोस् यही कामना। कसैलाई आजीवन पद दिइँदैन भने कसैलाई जबरजस्ती पद दिइरहेको हुन्छ। यो गलत भयो। ‘राइट मेन, राइट प्लेस’ हुन सकेको छैन, योग्य र सक्षम व्यक्तिले कुनै पनि नेताको चाकडी नगरी र कसैको पनि घरमा बिहानबेलुका नधाइकन अवसर पाउने संस्कारको विकास गर्नुपरेको छ।

कुनै पनि नेताको पछि नलागी उसले केही नै नपाउने भएपछि पछि लाग्नु जवरजस्ती वाध्यता भएको छ। सँगसँगै अर्को गलत प्रयास के छ भने नेताहरू पनि कोही आइदिए हुन्थ्यो र सधैं मेरो पछि लगे हुन्थ्यो भन्ने सोचिरहन्छन्। हरेक ठाउँमा सुधार गर्दै गइएन भने भोलिको दिन त्यति सहज छैन। पुराना नेता जसले सबै पद र प्रतिष्ठा भोगेका छन्, पटकपटक अवसर पाएका छन्, उनीहरूलाई पार्टी जे भए पनि मतलव नहोला तर मजस्तो एउटा सामान्य व्यक्ति जो पूरै जीवन राजनीतिमा लागेर संघर्ष गरेको छ केही होला भन्ने आशा गर्नु अस्वभाविक होइन, त्यसैले पार्टी संकटमा पर्दा उसलाई मात्र हानी हुन्छ भनेर बाहिर बसेर रमाइलो मान्ने बेला छैन अब।

जनताले तत्काल केही उपलब्धी होला कि आफ्नो पक्षमा सरकारले बोल्छ कि भन्ने चाहन्छन्, सामान्य जनतालाई कसको सरकार छ भन्ने चासो छैन। उनीहरूले के पाउँछन् त्यो मात्र प्राथमिकतामा रहन्छ।

वर्तमान सरकारलाई कसरी हेर्नुभएको छ ?

शुरूआती लक्षण त्यति राम्रो छैन, मेरो भनाइको अर्थ सरकार पिटिक्कै काम लागेन भन्ने होइन तर उनीहरूले निर्वाचनमा जाँदा जे भनेका थिए त्यो अनुसारको काम भएजस्तो लागेको छैन, यो मेरो मात्र गुनासो होइन सर्वसाधारणको भनाइ पनि यस्तै छ। जनताले तत्काल केही उपलब्धी होला कि आफ्नो पक्षमा सरकारले बोल्छ कि भन्ने चाहन्छन्, सामान्य जनतालाई कसको सरकार छ भन्ने चासो छैन। उनीहरूले के पाउँछन् त्यो मात्र प्राथमिकतामा रहन्छ। सरकार भर्खरै गठन भएको छ, केही समय उहाँहरूबीचको आपसी समस्या र गठबन्धनको रोगमा समय खेर फाल्नुभयो, राम्रो काम होस् शुभकामना। विपक्षी पार्टी भन्दैमा ऊ बिग्रियोस् र भाँडियोस् भन्ने पक्षमा म छैन, विकास जसले गरे पनि जनताले न्याय र सुखको अनुभुति गर्न पाउनुपर्छ तर विपक्षीलाई पेलेर, धकेलेर, ठेलेर, लखेटेर जान्छु जसरी भए पनि डाँडा कटाउँछु भनेर खराब मानसिकताको जालोभित्र बसेर सरकारले कुनै काम गर्छ भने कांग्रेस पनि त्यो पीडा सहेर टुलुटुलु हेरेर बस्दैन, यो समय रमिता हेर्ने होइन, जसले जुन ठाउँ पाएको छ गरेर देखाउनु जरुरी छ। देशमा कम्युनिस्टतन्त्र ल्याँउछु, अधिनायकवाद लाद्छु भन्ने सपना कसैले नदेखे हुन्छ, जनताले यस्तालाई कुनै दिन तह लगाएर छाड्छन्, धेरै देशमा त्यस्तो भएको छ। सत्ता र शक्ति सधैं रहँदैन।त्यसैले सत्ता पाउँदा के के न भएँ भन्ने अनि सत्ताबाट बाहिर गएपछि चाहिँ पूरै सकिँए भन्ने होइन। यो सरकार ५ वर्ष जाला फेरि निर्वाचन हुन्छ कांग्रेस आउँछ, किन आत्तिनु र ?

प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई कसरी लिनुभएको छ ?

भ्रमणमा जाँदै गर्दा पनि मैले शुभयात्रा भनेको थिएँ र आउँदा पनि यही शब्द दोहो¥याएको थिएँ। देशको प्रधानमन्त्री विदेश जाँदा गलत सन्धीसम्झौता गरेर आउनुभयो भन्न पनि मिल्दैन र त्यस्तो नहोस् पनि। हामीले भारत, चीनमात्र होइन अन्य देशसँग पनि नजिकको र आपसी समझदारी बलियो हुने गरी सम्बन्ध राख्नुपर्छ। कसैलाई पनि काखा र पाखा गरेर जानु शत्रु कमाउनु हो। त्यसैले सकारात्मक सोचको विकास गरौं भन्ने हो। धेरैजसो पुरानै कुरा आएका छन्, रेल र पानीजहाजका विषय पनि नयाँ होइनन्। अहिले नै देखिने गरी ठोस उपलब्धी छैन, भोलिको दिनमा देखिएला हेर्दै जाऊँ।

 

 

प्रतिक्रिया दिनुहोस्