होन्डाले मनायो ‘सम्बन्ध ५० वर्षको’



नेपाल समाचारपत्र
काठमाडौं
नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकृत बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले नेपालमा आफ्नो ५० वर्ष पँरा गरेको उत्सव मनाएको छ।
दुई पाङ्ग्रे सवारी साधनमा विश्वकै ठँलो उत्पादक कम्पनी रहेको होन्डाको ‘पंखेटा’ दुई पाङ्ग्रे सवारी साधनको पहिचानको रूपमा विश्वभर प्रख्यात छ। होन्डालाई सन् १९४० मा ज्योति ग्रुपले पहिलोपटक नेपालमा भित्राएको थियो। आधुनिक कर्पोरेटको रूपमा ज्योति ग्रुपलाई १९४० मा मनिहर्ष ज्योतिले स्थापित गर्नुभएको थियो। समयको परिवर्तनसँगै होन्डा एक औद्योगिक तथा व्यापारिक पावर हाउसको रूपमा स्थापित भएको कम्पनीको दाबी छ।

कम्पनीका अध्यक्ष पद्म ज्योतिको नेतृत्वमा ज्योति ग्रुपले विभिन्न क्षेत्रमा आफ्नो उत्पादन तथा सेवा प्रदान गर्दै आएको छ। स्टील, फलाम, अक्सिजन, टेक्सटाइल, मोटरसाइकल, स्कुटर, गाडी, टे«क्टर, पम्प, जेनेरेटरहरुको मार्केटिङ, वेल्डिङ उत्पादनहरु, औषधि, अडियो भिडियो उत्पादन तथा आर्थिक र ट्राभल सम्बन्धी सेवा ज्योति ग्रुपले प्रदान गर्दै आएको छ।

स्याकार ट्रेडिङ कम्पनी ज्योति ग्रुपकै एक भाग हो।सन् १९७६ मा स्याकार कम्पनीको रूपमा स्थापित यस कम्पनीले होन्डा मोटरसाइकल, स्कुटर, कार तथा पावर प्रोडक्टका लागि नेपालमा अधिकृत बिक्रेताको रूपमा स्थापित भएको छ।
२०६८ साल जेठ २४ गते कम्पनीले नाम स्याकार कम्पनीबाट स्याकार ट्रेडिङ कम्पनी प्रालिमा परिवर्तन गरेको थियो। ५० वर्षको यस सम्बन्धको अवसर पारेर होन्डाले ‘५० दिनमा ५० तोला सुन’ नामक योजना ल्याएको छ। यस योजनाअन्तर्गत उपभोक्ताले होन्डाको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिद गरी ५० दिनमा ५० तोला सुन जित्ने अवसर प्राप्त गर्नेछन्। यसका साथै ग्राहकले स्क्र्याच कुपनमार्फत् ४ हजारदेखि १ लाख रुपियाँसम्मको छुट प्राप्त गर्न सक्ने छन्।

शुरूवातका दिनमा ११ वटा मोटरसाइकल आयात गरेको स्याकार टे«डिङ कम्पनीलेहाल हरेक वर्ष ६० हजारभन्दा बढी मोटरसाइल तथा स्कुटरहरु आयात गर्ने गरेको छ। होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालभर सय वटाभन्दा बढी आउटलेट रहेका छन्।

प्रतिक्रिया दिनुहोस्