भारोत्तोलन टोली उज्वेकिस्तान जाने



काठमाडौं, (नेस)
१९ औं युथ, २४ औं जुनियर महिला तथा ३१ औं जुनियर पुरुष एसियाली भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन ३ सदस्यीय नेपाली टोली शनिबार उज्वेकिस्तानको अर्गेन्च प्रस्थान गर्दैछ ।

अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा १÷१ पुरुष÷महिला खेलाडीले जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा प्रकाश केसीले ६९ केजी तथा महिलामा सन्जु चौधरीले ५३ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा भारोत्तोलन मुख्य प्रशिक्षक राम पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्