प्रेमध्वजलाई रथारोहणसहित अभिनन्दन



ख्यातिप्राप्त गायक प्रेमध्वज प्रधानलाई रथारोहणसहित अभिनन्दन गरिएको छ।
संगीतकार संघ नेपालले मेचीकाली सांगीतिक अभियानको शुरुआतका दिन पारेर शुक्रबार राजधानीमा आयोजित खुल्ला तथा रंगमञ्चिय कार्यक्रममा गायक प्रधानलाई उनकी पत्नी किरण कुमारीका साथ रथारोहण गराउँदै अभिनन्दन गरिएको हो।

प्रधानलाई उनका बागबजारस्थित निवासदेखि रथमा राखेर बाजागाजासहित नगर परिक्रममा गराउँदै भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पु¥याएर अभिनन्दन गरिएको हो। कार्यक्रममा प्रमुख अतिथि पँर्वप्रधानमन्त्री पुष्पकमल दाहाललगायतले नगद १ लाख रुपियाँसहित अजर अमर सम्मान–२०७५ बाट अभिनन्दन गरेका छन्।

सो अवसरमा विभिन्न गायकगायिकाले प्रेमध्वज प्रधानका गीत गाएर सुनाएका थिए। संगीतकार संघले काठमाडौंबाट शुरू गरेको मेची–महाकाली सांगीतिक अभियान देशका ७७ जिल्लामै हुनेछ। संघले स्थापना गरेको कल्याणकारिणी कोष वृद्धिका लागि अभियानको थालनी गरेको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी गराए। अभियान ३ चरणमा गरी देशैभरि सञ्चालन हुने उनले बताए।

प्रतिक्रिया दिनुहोस्