जागृत आँखाहरूबाट हेर्दै पुण्य कार्की



मोहन दुवाल
मुटुले मुटुसँग संवाद गरेको लेखनलाई उत्कृष्ट मान्छु। लेखनका विभिन्न तरेलीहरू हुन्छन्। कुनै खोक्रो विचारको बाहिरी बर्तुलमा फेरो लाएका लेखन हुन्छन्, कुनै हृदयको केन्द्रीय तारलाई बेस्सरी झङ्कृत गर्ने लेखन हुन्छ। म हृदयस्पर्श गर्ने साहित्यिक लेखनलाई राम्रो मान्छु।

कक्षा ५÷६ मा पढ्दै गर्दादेखि कविता लेख्न मन राखेका, करिब–करिब गाउँले जीवनबाट आफ्नो जीवन गुजारेका यिनै कविले कक्षा ९ मा छँदा विद्यालयस्तरीय कविगोष्ठीमा प्रथम भई साहित्यमा प्रेरणा प्राप्त गरेका हुन्।

कविता लेखनबाट साहित्यमा मन राखेका यिनले पछि कथा, निबन्ध, समीक्षा, समालोचना, व्यक्ति परिचय आदि पनि लेख्दै आफँलाई सशक्त लेखकका रूपमा चिनाउँदै आएका छन्। बाल्यकालमा आमा बितेर दुःखमा जीवन बिताएकै कारणले यिनले जीवनमा थुप्रै कष्ट भोगे। घरको दुःखपँर्ण जीवनस्थितिबाट यिनले आफँलाई परिमार्जित तुल्याए। सङ्कट भोग्दै गर्दा यिनी थाकेनन् र दरिद्रतासँग यिनी हच्केनन्।

निरन्तर अभावसँग जुझ्दै, सङ्घर्ष नै जीवन ठान्दै यिनले जीवनमा कुदिरहन सिके। यही जीवनक्रमकै परिणति बन्यो आजका चर्चित युवा साहित्यकार पुण्य कार्की।
मोफसलमा रहेर धेरै गर्दा पनि थोरै देखिने, काठमाडौंमा थोरै लेखिँदा पनि धेरै चर्चा पाउने वातावरणबाट पीडा भोग्छन् आजका पुण्य कार्कीहरू। सशक्त लेख्छन् मात्र होइन जनता र देशकै पक्षमा निरन्तर कलम चलाउँछन् तर ओझेलमा रहिरहनुपर्ने यहाँको नियति हो। जति राम्रो लेखे पनि काठमाडौं नधाईकन चर्चामा नै नआउने यो पीडा यिनले पनि भोगेकै हो। राज्य संयन्त्रबाट पनि निष्पक्ष ढङ्गको मँल्याङ्कन नहुनु यहाँको व्यथा र कथाहरू हुन्। तर पनि पुण्य कार्की अर्थात् पुण्य कार्कीहरू मोफसलबाट बुलन्द आवाज बोकेर साहित्यिक जगत्मा देखा परिरहेछन्।

वि.सं. २०१७ भाद्र १८ गते उदयपुर जिल्लाको ताम्लिछा गाउँमा पिता भीमध्वज कार्की र माता स्व. चन्द्रमाया कार्कीका छोरा भई जन्मेका यिनी श्रीमती रेणुकाकुमारी राउतको माया र साथ पाएर आशिष र अस्मितालाई जीवनबोध दिन पनि सफल छन्।

कष्ट भोगेकै कारणले, दुःख देखेकै हुनाले संघर्ष यिनको जीवनसाथी बन्यो। जीवनमा संघर्ष गर्न नजानेको भए, आपतविपतसँग काँथर भई भगुवा भएको भए यिनी आजको अवस्थामा आउन सक्ने सम्भावना नै देखिँदैन। जीवनमा संघर्ष भोग्नु यिनले आफ्नो आदर्श जीवन ठाने। धेरै संघर्ष गरेर यिनले शिक्षा र कानुनमा स्नातक गरे। साहित्य मन पराएकै कारणले नेपालीमा स्नातकोत्तर उत्तीर्ण गरिछाडे। यिनले क्याम्पसमा प्राध्यापन गरेर, विद्यालयमा प्र.अ. भएर धेरै वर्षदेखि सेवा पु¥याउँदै आएका छन्। शिक्षणसेवामा आफ्नो उत्सर्गता कायम राख्दै, साहित्यमा जीवन्तताका डोबहरू छोड्दै समाजमा बाँच्न जानेका यिनलाई बाल्यकालमा पाएका अति दुःखद चोटहरूको तीव्र अनुभँतिले साहित्यकार बनायो। २०४८ सालमा ‘ए भुइँकुहिरो’ शीर्षकको कविता छपाएर आफँलाई चिनाउन आएका यिनी आफ्नो कृतिमार्फत साढे दुई दशकको लेखनमा नै राष्ट्रमा आफँलाई चिनाउन सफल छन्।

कवितामा विशेष मन दिँदादिँदै निबन्ध र कथामा आफ्नो विशिष्टता देखाउन सफल यिनले कविता र साहित्यको परिभाषा यसरी गरेका छन्– काव्य (साहित्य)को आकाश विराट र असीम छ, जुन शब्दमा पोख्ता अंशमात्र निस्किन्छ। यसलाई हृदयमा भावद्वारा अनुभँत गर्न सकिन्छ। साहित्य जीवन रूपान्तरण अथवा आत्मक्रान्तिको साधन हुनसक्छ। साँच्चिकै यिनले साहित्यलाई आत्मक्रान्तिको साधन बनाए। जीवनमा धेरै भोगेकै कारणले यिनले जीवनलाई एउटा सुन्दर महाकाव्य भने। दुःखबाट सुख अनुभँत गर्नेहरूले विजय प्राप्त गर्दछन्। सुखबाट दुःखमा रेलिनेहरू जीवनसँग डराएर पलायन हुन्छन्। यिनी साहित्यकारले दुःख अनुभँत गरे त्यही दुःखबाट जीवनका मनमोहक सुखपँर्ण क्षणहरू तौलिएर बाँच्न जाने। यस्तै जीवन भोगाइहरूबाट सिकेका अवस्था र विश्वासका स्वरहरू यिनका साहित्यिक हरफहरू बने। स्वाभाविक परिस्थितिजन्य भावनाहरूबाट नै सुन्दर अभिव्यक्तिहरू पोखिन्छन्। यही पोखाइ हो पुण्य कार्कीका अक्षर–मर्महरू।

लक्ष्मीप्रसाद देवकोटा, पारिजात, लेखनाथ, खगेन्द्र संग्रौला, पँर्णविराम, कृष्णसेन इच्छुकहरू यिनका प्रिय साहित्यकारहरू हुन्। विदेशका लेखकहरूमा ओशो, उमर खैयाम, गोर्की, याङमो, अस्त्रोभस्की, रवीन्द्रनाथ, चेखवबाट यिनी प्रभावित रहेको देखिन्छ। अध्ययन, अध्यापन, लेखन नै यिनको जीवन प्रसङ्गहरू बन्यो। उदयपुरको चौघेराभित्र रहेर पनि नेपालका बहुसंख्यक जनताको हितका खातिर यिनले संघर्ष गरे। लेखनीमार्फत शङ्खघोष फुके। जस्तो आपतविपतमा पनि साहस देखाए। यिनै साहित्यकार पुण्य कार्कीका प्रकाशित सङ्ग्रहहरूमा १. बाघले घाँस खायो (कविता–२०५४), २. मखमली (कथा–२०५७), ३. जीवनयात्रा (लघु उपन्यास–२०५७), ४. गम्भीरबहादुर थापाको कृतित्व तथा व्यक्तित्व (सहलेखन–२०५९), ५. कविको छैटौं इन्द्रिय (निबन्ध–२०६०), ६. मध्यरातमा (कथा–२०६२), ७. असल बन्छु (बालकविता–२०६३), ८. बलभन्दा बुद्धि ठँलो (बाललोककथा–२०६३), ९. एउटा हर्कुलसको खोजी (निबन्ध–२०६३), १०. बलिदानका गाथाहरू (जीवनी–२०६४), ११. आस्थाको अग्निपथ (कविता–२०६५) र १२. महान् व्यक्तित्वका प्रेरक प्रसङ्ग (जीवनी–भाग १ देखि ५ सम्म), १३. शिक्षामा क्रान्ति (अनुवाद भाग १–२ (२०६७), १४. ओशोका कथाहरू (अनुवाद–२०६७), १४. दुःख (काव्य–२०६८), १५. रातको सुन्दरता (निबन्ध २०६९) र जागृत आँखाहरू (निबन्ध–२०७३) आदि छन्। सधैँ खोजिरहने, सधंैँ लेखिरहने, सधैँ अध्ययनमा व्यस्त रहन रुचाउने यिनको स्वभावले यिनलाई लेखक बनायो।
प्रगतिशील लेखक संघ, अखिल नेपाल क्रान्तिकारी लेखक संघ र अखिल नेपाल जनसांस्कृतिक संघका हिमायती बनेर धेरै वर्षसम्म सेवा पु¥याइसकेका यिनी सबैसँग घुलमिल गर्न, सबैको राय–सुझाव–विचार सुन्न तत्पर रहेर साहित्य लेखनमा आफँलाई सशक्त बनाउन क्रियाशील र सङ्घर्षशील छन्। पुण्य कार्की आफ्नो कलममार्फत लय र विम्ब विधानका लागि सचेत रहँदै आएका एकजना सचेत साहित्यकार हुन्। पुण्य कार्कीबारे भन्न सकिन्छ– यिनी वर्तमान समयका मोफसलबाट उदय भएका प्रतिनिधि साहित्यकार हुन्। उदयपुरमा रहेर, शिक्षणसेवामा जुटेर पनि विचार दृष्टिमा सशक्तता रोपेर, विम्ब र शैलीमा उत्कृष्टता खोपेर लेख्न सिपालु साहित्यकार भएकै कारणले यिनको गरिमा र महत्व झन् फराकिलो र विस्तृत हुँदै छ। राजशाही शासनका विरुद्ध यिनले थुप्रै कविता, कथा, निबन्धहरू लेखे र अँध्यारो संगीन समयमा पनि सत्यलाई अनुभँत गरेर साहित्य सिर्जना गरे। यिनी साहित्यिक पत्रकारका रुपमा पनि परिचित छन्। प्रतिभा, नयाँ बिहानी, नवउदय सहयात्रीका सम्पादक यिनी नेपाल साहित्यिक पत्रकार संघ, उदयपुर शाखाका सभापति पनि हुन्।

पुण्य कार्की व्यङ्ग्य पनि लेख्छन्, कवितामार्फत सटिक प्रश्न पनि उठाउँछन्। कवितामा, निबन्धमा र साथै कथामा आफ्नो तर्क सुन्दर शब्द शैलीमा पोख्न जानेका कारणले पुण्य कार्कीको भविष्य सुरक्षित देखिन्छ। दारी सन्दर्भमा उनी आफ्नो दारीको परिचय दिँदै कवितामा लेख्छन् यसरीः
खतरा छैन कमरेड मेरो बढेको दारीमा
खतरा छ कमरेड तिम्री श्रीमतीको पाँच हजारको सारीमा
खतरा छैन कमरेड मेरो जुँगाको लुँडीमा
खतरा छ कमरेड तिम्रो बाक्लिएको भुँडीमा।

उदयपुरबाट राष्ट्रमा उदय हुन पाएका एकजना साहित्यकार हुन् पुण्य कार्की। अध्ययन, अध्यापन, लेखनकै पर्याय नाम हुन् पुण्य कार्की। समाज देखेका, बुझेका र त्यही मर्मलाई आत्मसात् गर्दै लेख्न जानेका लेखक हुन् पुण्य कार्की। दुःख र कष्ट व्यहोर्दै, संघर्षबाट जीवन जिउन सिकेका स्रष्टा हुन् पुण्य कार्की। जनताको आवाज शिल्पमा उन्न सिपालु द्रष्टा हुन् पुण्य कार्की। साहित्यका मर्मज्ञ, साहित्यका अनन्य सेवक हुन मन दिँदै आफँलाई ढाल्दै आएका एकजना सशक्त प्रतिभा हुन् पुण्य कार्की। यिनको यात्रा निरन्तर यही गतिमा अवश्य हुनेछ। बढ्दै, हुर्किंदै जाने सम्भावनाका एकजना सशक्त प्रतिभा हुन् पुण्य कार्की। यिनले जीवनमा र मन–मनमा साहित्य साँचिरहन सकँन्, यही शुभकामना !

प्रतिक्रिया दिनुहोस्