नेपालका अर्का क्रिकेटर अनिलकुमार साह पनि अन्तराष्ट्रिय लिगमा समावेश



काठमाडौं । नेपालका सन्दीप लामिछानेले अन्राष्ट्रियस्तरकै सबैभनदा चर्चित क्रिकेट प्रतियोगितामा खेल्ने अवसर पाएर सनसनी मच्चाउन नपाउँदै नेपालकै अर्का एक क्रिकेटर पनि विदेशी भूमिमा आफ्नो क्षमता देखाउन उत्कृष्ट सफल भएका छन् ।

 

नेपाली युवा क्रिकेटर अनिलकुमार साहले सिंगापुरको एलिट प्लेयर टी–२० सिरिज खेल्ने भएका छन् ।

 

उनी क्रिमसनमा आवद्ध भएका हुन् । यो टिमको प्रशिक्षक पाकिस्तानका बिलाल ससद हुन् भने अमजाद महबुबको कप्तानीमा रहेको टिममा जिम्बाब्वेका ङरभा पनि छन् ।

 

 

प्रतियोगितामा तीन टिम छन्, जसले समूह चरणमा चार खेल खेल्नेछन् । १ मेमा एउटा टिमले दुई खेल खेल्नेछ । त्यसपछि हरेक दिन एक खेल हुनेछ र फाइनल मे ५ मा छ ।

 

यो प्रतियोगिता सिंगापुरको यू–१९ तथा केही सिनियर खेलाडीलाई लक्षित गरेर आयोजना गरिएको हो, जसले भोलि सिंगापुरको टिममा स्थान बनाउन सक्छन् । तर, जिम्बाब्वे, थाइल्याण्ड, इण्डोनेसियाका पनि केही खेलाडीले मौका पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्