बलात्कार काण्डमा १२ पक्राउ



पाकिस्तान, (एजेन्सी)
पाकिस्तानको पन्जाब राज्यमा एक बलात्कारीको अपराध माफ गर्न बदलामा पीडित महिलाका दाइलाई आरोपीकी बहिनीमाथि बलात्कार गर्न अनुमति दिएको घटना बाहिर आएको छ।

पन्जाबको प्रहरीले बदलाका लागि बलात्कारको यस मामिलामा १२ जनालाई गिरफ्तार गरिसकेको छ। डन न्युजका अनुसार राज्यको टोबा सिंह जिलाका एक व्यक्तिले गत मार्च २० मा एक महिलालाई बलात्कार गरेका थिए। आरोपीका परिवारले पीडितका परिवारसँग माफी मागेको थियो। पीडित परिवारले माफी दिन मानेको तर उनीहरुले त्यसका लागि सर्त राखेका थिए। सर्तमा पीडितका दाइले आरोपीका बहिनीसँग पनि त्यही कृत्य गरिनेछ जुन उसको बहिनीसँग भएको थियो।

अखबारले दिएको समाचारमा पीडित महिलाका दाजुले आरोपीका बहिनीलाई मार्च २१ मा बलात्कार गरेका थिए। त्यसपछि दुवै परिवारले कानुनी दस्तावेजमा एक–अर्कामाथि आरोप नलगाउने सहमति समावेश गरेको प्रहरी अधिकारीहरुले भेटाएपछि घटना बाहिर आएको हो। त्यसपछि आरोपीका बहिनीसहित १२ जनालाई गिरफ्तार गरिएको प्रहरीले बताए।

पन्जाब राज्यमा बदलाका लागि बलात्कारको यो दास्रो घटना हो। गत वर्ष जुलाईमा पनि एउटा गाउँ पञ्चायतले १६ वर्षकी एक किशोरीलाई बलात्कारका लागि अनुमति दिएको थियो। किनभने उनका दाजुले पनि एक १२ वर्षीय बालिकालाई बलात्कार गरेका थिए। उक्त बलात्कार पीडित किशोरीका परिवार सदस्य र पञ्चायत गरी ४० जनाको अगाडि नै भएको थियो।

प्रतिक्रिया दिनुहोस्