अलविदा अमेरिकी पुर्व प्रथम महिला वारवरा बुश



वासिंगटन,(एजेनसी)
अमेरिकी पुर्व प्रथम महिला तथा साक्षरताका अभियन्ता वारवारा बुसको ९२ वर्षको उमेरमा निधन भएको छ । उनका पति जर्ज एचडब्ल्यु बुश र छोरा जर्ज डब्ल्यु बुश दुवै अमेरिकाका राष्ट्रपति भएका थिए । अमेरिका भरिका राजनीतिक खेमाबाट उनको निधनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

वारवाराका पुत्र तथा पुर्व राष्ट्रपति जर्ज डब्ल्यु बुशले एक विज्ञप्ति जारी गर्दै बताएका छन् , ‘ मेरी आमाको ९२ वर्षको उमेरमा निधन भएको छ । लउरा , वारवारा , जेन्ना र म निकै दुखित छौं । लाखौंलाई खुशी , माया र साक्षरता बाँड्ने उनी अमुल्य प्रथम महिला हुनुहुन्थ्यो ।

उहाँले हामी सबैलाई अन्तिम अवस्था सम्म हँसाइरहनु भएको थियो । उहाँ मेरी आमा हुनुभएकोमा म आफुलाइ निकै भाग्यमानी ठान्छुँ । हाम्रो परिवारले उहाँलाई सदैव मायाले सम्झी रहनेछ । हामी सबै तपाईंहरुको प्रार्थना र सदभावका लागि धन्यवाद दिन चाहनछौं । ’

केहि समय अघि देखि निकै बिरामी अवस्थामा रहेकी अमेरिकी पुर्व प्रथम महिला वारवारा बुशले केहि दिन अघि मात्र आफ्नो थप चिकित्सकीय उपचार गराउन अस्विकार गर्दै आफ्नो परिवारसंग ‘ आराम स्याहार ’ केन्द«मा जिवनको बाँकी समय बिताउन चाहेको बताएकी थिइन् । पछिल्लो समयमा पटक पटक उपचारका लागि अस्पताल भर्ना भएकी वारवारा बुशले सो निर्णय गरेको उनका पति जर्ज एचडब्ल्यु बुशका ेकार्यालयले एक विज्ञप्ति मार्फत जानकारी गराएको हो ।

प्रथम महिला रहेकोबेला श्रीमती बुशले अन्य व्यक्तिहरुसंग मिलेर प्रौढ साक्षरता लगायतका अन्य अभियानमा निकै सक्रिय भुमिका निभाएकी थिइन् । हाल ९३ वर्ष पुगेका उनका पति अमेरिकाको इतिहासमै सबैभन्दा लामो समय बाँच्ने राष्ट्रपतिको रुपमा चिनिन्छन् ।

एचडब्ल्यु बुश अमेरिकाको एकचालिसौं राष्ट्रपति बनेका थिए । उनको पनि अहिले स्वास्थ अवस्था नाजुक भइसकेको छ । न्युमोनियाबाट पिडित भएपछि गतवर्ष उनलाई लामा ेसमय सम्म सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।

सन् १९८९ देखि १९९३ सम्म अमेरिकी राष्ट्रपति रहेका बुशले भने पार्किन्सन रोगबाट ग्रस्त भएकाले व्हिलचियर प्रयोग गर्ने गरेका छन् । बुश दम्पतीका े७३ वर्षअघि विवाह भएके थियो । तिनीहरुका पुत्र जर्ज डब्ल्यु बुशले सन् २००० मा निर्वाचित भएर ४३ औं राष्ट्रपतिको हैसियतले दुई कार्यकाल पूरा गरेका थिए ।
नागरिक अधिकारका कट्टर समर्थक वारवारा बुशले पतिको रिपब्लिकन पार्टीको समर्थनमा गर्भपतन अधिकार सम्बन्धमा आफ्नो उदार विचार प्रकट गरेकी थिइन् । अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउसबाट प्रकासित एक विज्ञप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्र र आफ्नै परिवारका लागि पनि बुशले गरेको महत्वुपुर्ण योगदानलाई सदैव स्मरण गरिने बताएका छन् । यसैगरी पुर्व राष्ट्रपति वाराक ओवामा र विल क्लिन्टनले पनि उनको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्