दोहोरो गोली हानाहानमा दशको मृत्यु



 

मैमाना, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अवस्थित एक प्रहरी जाँचचौकीमा शुरु भएको दोहोरो गोली हानाहानमा परी १० व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु हुनेमा आठ तालिबान आतङ्ककारी र दुई सुरक्षा अधिकारी रहेका छन् । उत्तरी क्षेत्रमा रहेको अफगान सुरक्षा प्रवक्ताले बुधबार सो जानकारी दिनुभएको छ ।

सिरिन तगाब जिल्लाको शास तेवा क्षेत्रमा रहेको सुरक्षा जाँचचौकीमा मंगलबार अबेर रातिआएका तालिवान आतङ्ककारी समूहले आक्रमण शु्रु गरेका थिए । आक्रमणपछि तालिबान र सुरक्षा अधिकारीबीच दोहोरो गोली हानाहान भएको जनाइएको छ ।

तीन घण्टासम्म जारी रहेको यस दोहोरो गोली हानाहानमा परी आठ आतङ्ककारीको मृत्यु हुनाका साथै अन्य छजना घाइते भएका छन् ।

दोहोरो गोली हानाहानका क्रममा दुई सुुरक्षा अधिकारीले ज्यान गुमाएका छन् भने अन्य दुईजना सामान्य घाइते छन् ।

तालिबान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणीगरेका छैनन् ।
रासस

प्रतिक्रिया दिनुहोस्