प्रियंका रंगभेदको शिकार !



बलिउड सुन्दरी प्रियंका चोपडाले बलिउड र हलिउड दुवैमा रंगभेदको शिकार भएको खुलाएकी छिन्। उनले अन्तर्राष्ट्रिय म्यागेजिन इन्सटाइलसँगको कुराकानीमा हलिउडमा पनि लैगिंक असमानता हुने गरेको र छालाको रङकै कारण एक हलिउड फिल्मबाट हात धुनुपरेको पनि खुलाएकी छिन्।

महिला र पुरुषलाई समान पारिश्रमिक दिने कुरामा हलिउडमा कस्तो व्यवहार छ भन्ने प्रश्नमा उनले भनेकी छिन्– ‘अमेरिकामा पनि लैंगिक असमानता छ। तर हामी त्यहाँ यस बारेमा खुलेर कुरा गर्दैनौँ। मलाई राम्रोसँग भनिएको थियो कि यदि फिल्ममा कोही ठूला स्टारसँग महिला काम गर्दैछिन् भने उनी फिल्ममा महत्त्वपूर्ण हुन सक्दिनन् र पारिश्रमिक पनि समान हुन सक्दैन।’ उनले थपेकी छिन् ‘अघिल्लो वर्ष म १ फिल्मको सिलसिलामा हलिउडबाट बाहिर थिएँ। त्यही बेला १ व्यक्तिले मेरो म्यानेजरलाई फोन गरेर म उनको फिल्मको लायक नभएको बताए।

यसको कारण फिजिकलिटी थियो। मैले शुरूमा फिजिकलिटीको मतलब बुझिन पछि मेरो म्यानेजरले यस शब्दको मतलब शारीरिक संरचना भएको बताए। यसको मतलब मेरो छालाको रङ भन्ने कुरा बुझ्न मलाई समय लागेन। उक्त व्यक्तिले उनीहरू यस्तो हिरोइन चाहन्छन् कि जो ब्राउन नहोस् भनेका थिए।’ प्रियंकाले उक्त अन्र्तवार्तामा यी सबै कुरा सुनेपछि आफूलाई नराम्रो लागेको बताएकी छिन्। हाल उनी छिट्टै प्रसारण हुने हलिउड सिरिज क्वाटीकोको सुटिङको तयारीमा छिन्।

प्रतिक्रिया दिनुहोस्