फिफाको विश्वकप टिकट किन्नेलाई चेतावनी



काठमाडौं । विश्वकपको टिकट फिफाद्वारा आधिकारिक भएको वेबसाइटमा किन्नुबाहेक अर्को वेबसाइटबाट किनेमा त्यो अवैध हुने फिफाले चेतावनी दिएको छ । मार्चसम्म पाँच वटा टिकट भेटाएको पनि फिफाले जनायो । जसमा इंग्ल्यान्ड र ट्युनिसियाबीच हुने खेलको टिकट ११ हजार २ सय ३७ पाउन्डको मूल्य थियो । यो ज्यादै नै महगो मूल्य भएको पनि फिफाले बताएको छ ।

ती फेला परेका विश्वकपका टिकटहरु स्टबहब र टिकोम्बो भन्ने वेबसाइटले बेचिरहेका थिए । तर स्टबहबले प्राविधिक त्रुटिका कारण युके (संयुक्त अधिराज्य) मा भेटिएको र हाल यो वेबसाइटले कुनै पनि विश्वकप टिकट उपलब्ध नगराएको पनि प्रतिक्रिया दिएको थियो ।
जबकी टिकोम्बोले टिकट बेच्नु कुनै कानुन तोडिरहेको होइन भनेर बतायो ।

टिकोम्बोले भनेको थियो—यदि फिफालाई टिकट बेच्न समर्थकसँग समस्या छ भने कुनै तेस्रो पार्टीलाई आफनो टिकट बेच । यसमा टिकोम्बोलाई कुनै समस्या छैन । तर यो स्वतन्त्र बजार हो ।
फिफा विश्वकप २०१८ रुसको राजधानी मस्कोमा १४ जुनबाट शुरु हुँदैछ । फिफाले १८ अप्रिलदेखि अन्तिम चरणको टिकट बिक्री गर्न थाल्नेछ । फिफाले समर्थकलाई कडा सुरक्षा जाँच गरेपछि मात्रै रंगशालाभित्र प्रवेश गर्न दिने पनि जनाएको छ । फिफाका एक पदाधिकारीले बताए—यदि फुटबल समर्थकले अनाधिकारिक स्रोतबाट विश्वकप टिकट किनेमा फुटबल समर्थकका लागि यो महगो हुनेछ ।

यस्तो अनाधिकारिक टिकट भेटाएमा उनीहरुको पैसा पनि खेर जानेछ र खेल पनि हेर्न पाउने छैन । विना जोखिम विश्वकप हेर्ने हो भने फिफाको आधिकारिक वेबसाइटबाट मात्रै टिकट किन्न पनि हामीले आग्रह गरेका छौ ।

प्रतिक्रिया दिनुहोस्