महिला भलिबललाई शिवम सिमेन्टको साथ



काठमाडौं । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने चौथो केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताका लागि शिवम् सिमेन्टले सहप्रायोजन सम्झौता गरेको छ । मंगलबार आयोजित कार्यक्रममा प्रतिष्ठानकी संरक्षक गमली खड्काबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । शिवम सिमेन्टले सहप्रायोजनस्वरुप प्रतियोगिताका लागि ५ लाख रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउनेछ ।

सम्झौता १ वर्षका लागि हो । अघिल्लो संस्करणमा पनि शिवम्ले ३ लाखको प्रायोजन गरेको थियो । प्रतियोगिताका लागि शिवम्ले ३ लाख नगद सहयोग गर्नेछ भने २ लाख बराबरको मञ्च व्यवस्थापन र फुटकर खर्च गर्नेछ ।

त्रिपुरेश्वरको कभर्डहलमा संचालन हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ । तीन बिभागीय टोलीसँगै शिवम् न्यु डायमण्ड एकेडेमी, पश्चिमाञ्चल क्षेत्रियभलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सहभागिता हुनेछ । प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्