क्यानले साधारण सभामा लचकता देखाउने



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बैसाख ६ र ७ गते ह’ने क्यानको विशेष साधारण सभामा सकेसम्म लचकता अपनाउने मंगलबार पत्रकार सम्मेलनमा जनाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले क्यानको निलम्बन फुकुवा गर्ने हो भने लचकता अपनाउने क्यानका महासचिव अशोकनाथ प्याकुरेलले जानकारी गराएका हुन् । उनले पत्रकार सम्मेलनमा बताए—’हामी हदैसम्मको लचकता अपनाउन तयार छौँ। अइसीसीले हाम्रो निलम्बन फूकुवा गर्न पहल गर्नुपर्छ।’

महासचिव प्याकुरेलले आफुहरु नै समस्याको जड भएको भन्ने भ्रामक समाचार पनि आइरहेकोमा दुः ख व्यक्त गरे । उनले भने—यो समस्या आएको नै हामी नै हो भन्ने आरोप लागिरहेको छ । वास्तवमा यस्तो भएको छैन । हामीले त शुरुदेखि नै निलम्बन फुकुवा भई क्रिकेटले निकास पाउनपर्ने कुरामा प्रस्ट गरिरहेका छौ । अब हुने साधारण सभामा निकास दिलाउन क्यान आवश्यक सबै लचकताका साथ प्रस्तुत हुनेछौ ।
काठमाडौंमा हुने क्यानको साधारण सभा आईसीसीका प्रतिनिधिको उपस्थितमा हुनेछ ।

महासचिव प्याकुरेलले अहिले सम्म आईसीसीबाट को उपस्थित हुने टुंगो नलागेको पनि बताए । क्यानको चूनावको लागि आइसीसीले मनिटरिङ कमिटी गठन गर्ने प्याकुरेलले बताए। भने, ’ मनिटरिङ कमिटीमा आइसीसीको ३ क्यानको १ र राष्ट्ररिय खेलकुद परिषदको १ जना सदस्य रहनेछन्।’

त्यस्तै क्यानको चूनावमा क्यानका सदस्यहरुले प्रत्यक्ष रुपमा उम्मेद्वार हुन र भोट हाल्न नपाउने व्यवस्था गरेको उनले जानकारी दिए। वर्तमान विधानलाई थप परिमार्जन गरी अघि बढ्ने पनि पत्रकार सम्मेलनमा क्यानले जानकारी गराएको छ ।

आईसीसीद्वारा स्वागत
यसैगरी आईसीसीले मंगलबार नै विज्ञप्ति जारी गरेर नेपालमा हुन लागेको क्यानको विशेष साधारण सभाको स्वागत गरेको छ । साधारण सभाबाट नेपालको क्रिकेट निलम्बनबाट फुकुवा हुने पनि आईसीसीले विश्वास गरेको छ । साधारण सभामा नेपालको सल्लाहकार समूहद्वारा संसोधित विधान परिवर्तन गर्ने प्रस्ताव हुनेछ ।

यसै परिवर्तनबाट क्यानको निलम्बन फुकुवा हुने अवस्था हुने पनि आईसीसीले विज्ञप्तिमा उल्लेख गरेको छ । साधारण सभामा हुने स्थितिले नै आईसीसीको जुलाई २०१८ मा हुने वार्षिक साधारण सभाबाट नेपाली क्रिकेटको आईसीसीको सदस्यमा पुन प्रवेश हुन सक्ने टेवा मिल्ने आईसीसीका उपाध्यक्ष इमरान ख्वाजाले विज्ञप्तिमा जनाएका छन् । उनीहरुले यो साधारण सभालाई नजिकबाट नियाल्ने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्