राष्ट्रघातीको आरोपमा कवयित्रीलाई कैद



मोगादिसु, (एजेन्सी)
स्वघोषित सोमालील्यान्ड गणतन्त्रको एक अदालतले एक कवयित्रीलाई सोमबार तीन वर्ष लामो कारावास सजाय तोकेको छ। उनलाई सोमाली ल्यान्डलाई सोमालियासँग एकीकरण गरिनुपर्ने आशयसहित कविता लेखेको आरोपमा सो सजाय सुनाएको हो।
सोमालील्यान्डका दबाब समूहले कवयित्री नासिमा कोरानेको मूलभूत मानवअधिकार उल्लंघन भएको आरोप लगाएका छन्। सन् १९९१ मा आफैले स्वतन्त्र घोषणा गरेका सोमालील्यान्डलाई अझैसम्म अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन।
गत जनवरीमा सोमालियाको राजधानी मोगादिसुबाट फर्केलगत्तै कोरानेलाई पक्राउ गरिएको थियो। उनलाई मोगादिसुमा सोमाली एकता विषयमा कविता वाचन गरेको आरोप सरकारी वकिलहरूले लगाएका थिए।

भयावह गृहयुद्धपछि उत्तर पश्चिमी सोमालिया टुक्रिएर स्वतन्त्र सोमालील्यान्ड बनेको थियो। सोमालील्यान्डमा करिब ३५ लाख जनसंख्या रहेको छ। सन् २०१८ को फेब्रुअरीमा आफूलाई गणतन्त्र घोषणा गरेका संयुक्त अरब इमिरेट्स (यूएई)ले बेराबेरा बन्दरगाहमा आफ्नो सैनिक अखडा राख्नका लागि राखेको प्रस्ताव सोमालील्यान्डले स्वीकार गरेको छ।

यमनको हौथी लडाकूहरूविरुद्ध आक्रमणका लागि यूएईले यो प्रस्ताव राखेको हो। आफ्नै राष्ट्रको छवि बिगारेको अभियोग लगाइएकी कोरानेलाई यथाशीघ्र रिहा गर्न मानव अधिकारवादी समूहले दबाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस्