आर्मी र जेभियरको दोस्रो जित



काठमाडौं, (नेस)
नेपाल आर्मी ‘ए’ र जेभियरले प्रथम मनमोहन स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुषतर्फ सोमबार लगातार दोस्रो जित हात पारेका छन्। आर्मी ‘ए’ ले बलर्जलाई ७४–५१ ले परजित गर्यो। टोलीका लागि सदिश प्रधानले २४ अंक जोडे। पहिलो क्वार्टरमा २६–१४ को अग्रता लिएको आर्मी दोस्रोमा १६–१८ ले पछि पर्यो। तेस्रो र चौथो क्वार्टरमा अगाडि रहेको आर्मीले क्रमशः १६–६ र १६–१३ अंक जोड्यो।

प्रतिस्पर्धात्मक खेलमा जेभियरले आर्मी ‘बी’ लाई ७४–७२ को साँघुरो अन्तरले हरायो। जेभियरका निकेश मगरले २३ स्कोर गरे। शुरुको क्वार्टरमा १५–२२ ले पछि परेको जेभियरले दोस्रो र तेस्रो क्वार्टरमा अग्रता बनाउँदै जित सुनिश्चित गर्यो। जेभियरले दोस्रोमा २२–१७ र तेस्रोमा २३–१३ स्कोर गर्यो। चौथो क्वार्टर आर्मी ‘बी’ ले २०–१४ ले आफ्नो पक्षमा पारे पनि जित हात पार्न सकेन।
महिलामा समृद्ध गोरिल्लाजले आयोजक नेकोसमाथि ४८–५ को आरामदायी जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का ग¥यो। समृद्धकी मुना महर्जनले १५ अंक जोडिन्। ३ टोली रहेको समूह ‘बी’ मा लगातार दोस्रो पराजयसँगै नेकोस प्रतियोगिताबाट बाहिरिएको छ। नेकोस अघिल्लो दिन साइपाल एकेडेमीसँग पराजित भएको थियो। नेकोसको बहिगर्मनसँगै साइपाल पनि सेमिफाइनलमा पुग्न सफल भयो।

 

प्रतिक्रिया दिनुहोस्