पहिलो रोहिंग्या परिवार स्वदेश फिर्ता



याँगुन,(एजेन्सी)
म्यान्मारले बंगलादेशमा शरण लिएर बसेका रोहिंग्या मुश्लिमहरूको पहिलो परिवार स्वदेश फर्काइएको आइतबार जानकारी दिएको छ। संयुक्त राष्ट्र संघले भने ती शरणार्थीका लागि म्यानमार अझै सुरक्षित भइनसकेको भन्दै चेतावनी दि“दै आएको थियो।

गत वर्षको अगष्टमा म्यान्मारको रखाइन राज्यमा सरकारी सेनाबाट भएको व्यापक दमनको कारण करिब ७ लाख रोहिँग्या भागेर सिमापारिको बंगलादेशमा शरण दिन पुगेका थिए। संयुक्त राष्ट्र संघले म्यानमार सरकार जातिय सफायामा लागि परेको आरेप लगाएको थियो।

तर म्यानमारले भने सा आरोप अस्वीकार गर्दै आएको छ। म्यानमार सरकारले शनिबार सुपुर्दगी शिविरमा आइपुगेका एउटा परिवारका पा“चजना सदस्यलाई आवश्यक दैनिक उपभोग्य वस्तु र परिचय पत्र उपलब्ध गराइएको जानकारी पत्रकारहरूलाई दिएको छ।

म्यान्मार सरकारले रखाइन राज्यका रोहिँंग्या लडाकुहरूविरुद्ध आफूले न्यायोचित अभियान थालेको दाबी गरिरहेको छ। यसै महिनाको शुरुमा मात्र सरकारले दसजना रोहिाग्या पुरुषलाई मारेको आरोपमा ७ जना सैनिकलाई कारवास सजाय तोकेको थियो।

हाल छिमेकी मुलुक बंगलादेशमा शरण लिएर बसेका रोहिँग्याहरूले सेनाबाट आम हत्या, बलात्कार र आगजनीका घटना हुने गरेको बताउने गरेका छन्। म्यानमारक अल्पमत मुश्लिम समुदायका रोहिग्यालाई राज्यले मान्यता दिन अस्विकार गरेको छ। तिनीहरू अवैध ढंगले बंगलादेशबचाट आप्रवासीको रूपमा म्यान्मार प्रवेश गरेको भन्दै तिनीहरूलाई नागरिकता पनि दिइएको छैन।

प्रतिक्रिया दिनुहोस्