राष्ट्रिय खुला पुरुष भलिबल हुने



नेपाल समाचारपत्र
काठमाडौं
द युथ पावर नेपालको आयोजनामा ओखलढुंगामा दोस्रो खुला राष्ट्रिय पुरुष भलिबल हुने भएको छ। पर्यटन, शिक्षा र सामाजिक विकासका लागि खेलकुद भन्ने नाराका साथ लिखु गाउँपालिकास्थित गाम्नाङटारमा वैशाख ६ देखि ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ टिमको सहभागिता रहने प्रतियोगिता संयोजक युवराज थापाले जानकारी गराएका छन्।

प्रतियोगितामा हालसम्म पश्चिमाञ्चल, नमुना दिप, हिमगंगा, खिजिदेम्बा, जनजाग्रित युवा क्लब, रानीवन युवा क्लब र रमाइलो बस्तीको सहभागिता निश्चित भएको संयोजक थापाले जानकारी गराए। लिगकम नक आउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको बिजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रूपयाँ प्राप्त गर्नेछ। दोस्रो हुनेले ७७ हजार ७ सय ७७ तथा तेस्रोले ४४ हजार ४ सय ४४ नगद प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ रूपयँँ नगद प्राप्त गर्नेछन्। विधागत उत्कृष्टले पनि जनही १५ सय नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्