बार्सिलोनोको कीर्तिमान



लन्डन, (एजेन्सी)
बार्सिलोनाले ला लिगामा उच्च प्रदर्शनलाई जारी राख्दै अपराजित हुने नयाँ कीर्तिमान कायम गरेको छ। शनिबार भएको खेलमा जित हात पार्दै बार्सिलोनाले ला लिगामा ३९ खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको हो।  लेन्सियाविरुद्ध भएको उक्त खेल २–१ ले जितेसँगै बार्सिलोनाले नयाँ कीर्तिमान राखेको हो। बार्सिलोनाले उक्त कीर्तिमान राख्ने क्रममा यसअघि सन् १९७८÷७९ र १९७९÷८० को सिजनमा रियल सोसिडाडले बनाएको ३८ खेलको अपराजित कीर्तिमानलाई तोडेको हो।

घरेलु मैदानमा लुइस स्वारेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो। खेलको ५१औं मिनेटमा उम्टिटीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। यता खेलको ८७ औं मिनेटमा डेनियल पारेजोले पेनाल्टीमा गोल फर्काउँदै भ्यालेन्सियाको गोलअन्तर कम गरे पनि हारबाट बच्न पर्याप्त भएन। जितपछि ३२ खेलपछि बार्सिलोना ८२ अंकसहित शीर्षस्थानमा यथावत रहेको छ।
सिटी उपाधिनजिक इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार टोटेन≈याम हटस्परलाई हराउँदै म्यानचेस्टर सिटी उपाधि जित्नबाट एक खेल मात्र टाढा बनेको छ।

सिटीले टोटेन≈यामलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो। गत साता च्याम्पियन्स लिगको यात्रा टुंग्याएको सिटी शनिबार उत्कृष्ट लयमा फर्केको थियो। खेलको २५ मिनेटभित्र नै सिटीले २–० को अग्रता लिन सफल भएको थियो। सिटीको जितमा ग्याब्रियल जेसस, इल्काए गुन्डोगन र रहिम स्टरलिङले एक–एक गोलको योगदान गरेका थिए। टोटेन≈यामका लागि क्रिस्टियन एरिक्सनले एक मात्र गोल फर्काएका थिए।

जितपछि सिटीको ३३ खेलबाट ८७ अंक भएको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले ३२ खेलमा ७१ अंक जोडेका छन्। सिटी अब उपाधिबाट एक जित मात्र टाढा रहेको छ।

प्रतिक्रिया दिनुहोस्