इक्यान चुनावी भिडन्त



नेपाल शैक्षिक परामर्श संघ नेपाल इक्यानको अधिवेशनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। यही बैशाख ८ गते राजधानीमा आयोजना हुने निर्वाचनमा विष्णुहरी पाण्डे र सरोज बस्नेतको प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ। काठमाडाँैबाट २ सय ७६ र ललितपुर, पोखरा , चितवन, पुर्वाञ्चल र रूपन्देही समन्वय समितिबाट १ सय ३ गरी ३ सय प्रतिनिधिले प्रत्यक्ष मतदान गर्नेछन्। निर्वाचनमा विष्णुहरी पाण्डेको प्यानल मजबुत देखिएको छ। २१ वर्ष पुरा भएर २२ वर्ष पुरा गरेको इक्यानले यो निर्वाचनले नयाँ नेतृत्व दिनेछ। अध्यक्षका प्रत्यासी पाण्डेले इक्यानलाई समय–सापेक्षित रूपमा अघि बढाउन आफ्नो प्यानल चुनावी मैदानमा होमिएको बताउनुभयो।

अर्का प्रत्यासी वस्नेतको प्यानलले ‘२४ महिना २४ काम सही नेतृत्व साझा इक्यान’ को नारा दिएर चितवनमा प्यानल घोषणा गरेको थियो।

पाण्डे प्यानलको प्रतिबद्धता

वार्षिक कार्ययोजनालाई कार्यान्वयन गर्दै लैजाने।
बैदेशिक अध्ययनका लागि विद्यार्थी, अभिभावक र परामर्शदाताहरूलाई सुसुचित गर्न सुचनामुलक कार्यक्रमहरूको आयोजना गर्ने।
विभिन्न देशका दुतावास, उच्च आयोग, कुटनितिक तथा शैक्षिक निकायहरूसँग सम्पर्क कायम गर्दै सुमधुर सम्बन्ध विस्तार गर्ने।
शिक्षा सेवा करको रूपमा सरकारले विदेश जाने विद्यार्थीहरूसँग लिने १ प्रतिशत शुल्क विद्यार्थीकै हितका निमित्त प्रयोगको लागि सम्बन्धित निकायसंग पहल गर्ने।
समग्र विद्यार्थीहरूको भिसा निर्णयमा हुने ढिलाई तथा ट्युसन फि फिर्तासम्बन्धी विषयमा कुटनितिक नियोगसँग पहल गर्ने।
शैक्षिक परामर्श क्षेत्रमा विदेशी एवम् अपारदर्शी लगानी बन्द गर्न कानूनी प्रबन्धका निमित्त पहल गर्ने।
विदेशी शैक्षिक संस्थाहरूले परामर्शदाता बिनाको प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सञ्चालन गर्ने भर्ना प्रकृया तथा प्रबद्र्धनात्मक कृयाकलापहरू बन्द गर्न पहल गर्ने
शैक्षिक परामर्श क्षेत्रमा विदेशी लगानी तथा विदेशी परामर्श कम्पनीको नेपाली भू–भागमा शाखा विस्तारका लागी रोक लगाउन पहल गर्ने।
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०७२ मा व्यवसायीहरूलाई अहित हुने खालका बुदाहरूलाई परिमार्जन गर्न सम्बन्धित निकायहरूमा दवाव दिई सदस्य मैत्री बनाउने।
विभिन्न देशका गैर आवासीय नेपाली संघहरूसंग समन्वय गरी अध्ययनरत विद्यार्थीहरू र अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई सहजता प्रदान गर्ने।
इक्यान सदस्य संस्थाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यतामा अझ बृद्धि गर्नका लागि सदस्य संस्थाहरूलाई विभिन्न फोरमहरूमा सदस्यता, लविङ, सहुलियत र उपस्थितीको लागि पहल गर्ने।
शैक्षिक मेलालाई अझ बढी सूचनामूलक र विद्यार्थी केन्द्रीत बनाउन पहल गर्ने, विभिन्न देशका भीसा सेक्सन ल्याउन र नेपालमा भएकालाई यहीँ राख्न पहल गनर्।े
केन्द्रिय र शाखा कार्यालयहरूलाई समायानुकल नया संरचना प्रदान गनेर्। संघलाई प्रादेशीक स्वरूप तथा शाखालाई सक्षम बनाई स्वायत्तता प्रदान गर्ने।
शिक्षा मन्त्रालयअन्तर्गत रहेको शैक्षिक परामर्श तथा भाषा शिक्षण क्षेत्रलाई नियमन गर्ने निकायलाई अझ प्रभावकारी तथा सेवाहरू नियमित एवम् पारदर्शी रूपमा, छिटोछरितो गरी प्रवाह गर्न सक्षम बनाउन प्रयास तथा पहल गरिने।


वस्नेत प्यानलको प्रतिवद्धता

राज्य संयन्त्रसगको आवद्धता इक्यानलाई सामयिक रूपमा अद्यावधिक गराई वर्तमान शासकीय स्वरूप एवं संघिय ढाचा तथा प्रणालीबमोजिम विकसित गरी राज्यका सबै सम्बन्धित निकायहरूसग विशेष सम्बन्ध स्थापित गरिने
प्रतिनिधित्व, पहिचान, पहुँच बढाइने
प्रभाव, प्रतिष्ठा एवंम प्रगतिमा समावेशीता इक्यानको वर्तमान अभ्यासमा कार्य समितिका पदाधिकारीहरूले मात्र तुलनात्मक रूपमा बढि अवसर एवंम् लाभ प्राप्त गर्ने परिपाटी विद्यमान रहेकोले सम्पूर्ण सदस्यहरूको सन्तुलित प्रतिनिधित्व कायम गरिने
इक्यानको विश्वव्यापीकरण गर्ने
व्यवसाय सहायता केन्द« गठन गर्ने
विभिन्न प्रकारका इभेन्ट तथा मनोरञ्जनात्मक कार्यक्रम सञ्चालन गर्ने
विशेष वित्तिय कोष स्थापना एवंम् संचालन गर्ने
विद्यमान कार्यालयको आधुनिक व्यवस्थापन गर्ने
सहायता कक्ष संचालन गर्ने
व्यवस्थित शैक्षिक सेवाशुल्क लिने व्यवस्था गर्ने
सचिवालयको कार्य ढाँचा⁄कार्य पद्धतिमा सुधार गर्ने
सम्भावित गन्तब्यहरूको पहिचान गरी विभागहरूको गठन गर्ने
इक्यानको ख्याति एवंम् उत्कृष्टता कायम गर्ने
प्रतिभाशाली, गरिब, जेहेन्दार एवंम विपन्न लगायत वर्ग समुदायका विद्यार्थीको वस्तुपरक मूल्यांकन गरी छात्रवृत्ति प्रदान गर्ने व्यवस्था मिलाउने
छात्रवृत्ति वितरण लाभहरूको समन्यायिक बाँडफाँड एवंम् पारदर्शिता कायम गर्ने
विदेश विभाग⁄उपविभागहरू गठन गर्ने

प्रतिक्रिया दिनुहोस्