म्यानचेस्टर सिटीलाई प्रिमियर लिगको उपाधि 



लन्डन, (एजेन्सी)
म्यानचेस्टर सिटीले जारी सिजनको इंग्लिश प्रिमियर लिगको उपाधि जितेको छ।
इंग्लिश प्रिमियर लिग अन्तर्गत आइतबार राति  म्यानचेस्टर यूनाइटेड वेस्ट ब्रोमसँग १-० गोलअन्तरले  पराजित भएपछि म्यानचेस्टर सिटी यस सीजनको लिग च्याम्पियन बनेको हो।
उपाधि जित्ने क्रममा सिटीले ३३ खेलबाट ८७ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थान कब्जा गरेको हो। दोस्रो स्थानमा रहेको सहरी प्रतिद्वन्दी म्यानचेस्टर यूनाइटेडले समान खेलबाट ७१ अंक जोडेपछि लिगमा पांच म्याच खेल्नु अघि नै सिटीले उपाधि पक्का गरेको हो।

प्रतिक्रिया दिनुहोस्