म्यानचेस्टर सिटीले एक खेल जिते प्रिमियर लिग जित्ने



काठमाडौं । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लिभरपुलसँग नमिठो हारपछि म्यानचेस्टर सिटी फर्ममा फर्किएको छ।

सिटीले प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिगको चौथो स्थानमा रहेको टोटनह्यामलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा ग्राबियल जेससले २२ मिनेटमा पहिलो गोल गर्दा गोन्डगनले २५ मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

टोनटह्यामका एरिकसनले ४२ मिनेटमा गोल गरेपछि खेल २–१ को स्थितिमा आयो । ७२ मिनेटमा रहिम स्टलिङले सिटीका लागि तेस्रो गोल गर्दै टिमलाई जिततर्फ डो¥याए ।

लिगका अन्य खेलमा चेल्सीले साउथ ह्याम्टनलाई ३–२ गोलले हराएको छ । यता लिभरपुलले वर्नमाउनलाई ३–० गोलले पराजित ग¥यो । शीर्ष स्थानको सिटीले ३३ खेलबाट ८७ अंक जोडेको छ । अब सिटीले बाँकी ६ खेलमध्ये १ मा मात्र जिते पनि उपाधि उचाल्ने छ ।

आइतबार दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडलाई वेस्ट ब्रुमले हराए पनि सिटी च्याम्पियन बन्नेछ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७१ अंक छ भने तेस्रो स्थानको लिभरपुलको ७० अंक तथा चौथो स्थानमा रहेको टोटनह्यामको ६७ अंक छ । ६० अंक जोडेको चेल्सी पाँचौ र ५४ अंक जोडेको आर्सनल छैटौं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्