स्थापितलाई एजेन्डा



चैत मसान्तलाई बिदाइ गरेपछि हरेक वर्ष नयाँ वर्ष दोहोरिनु नौलो कुरा भएन। यो मौकामा शुभकामना आदानप्रदान गर्दै रमाइलो गर्नु, पिकनिक र फिल्म हेर्न जानु, मीठो मसिनो परिकार बनाउनु, खानु परम्पराजस्तै बन्न थालेको छ। नयाँ वर्षको बहानामा शहर बजारमा ‘न्यु इयर इभ’ मनाउनेहरू कम छैनन्, त्यो पनि २÷४ दिन अघिदेखि नै।

वयस्कहरूले यस्तो चासो दिनु ठीकै होला। तर हिजो–आज त विद्यालय तहका ठिटाठिटीहरू निर्धक्क ‘इभ’ मनाउने बहाना खोज्छन्, त्यो पनि ‘नाइट स्टे’का साथ। अनि इभमा ‘गर्लपे्रmन्ड’ ‘ब्वाइफ्रेन्ड’ अनिवार्य रे, त्यसो भएन भने त ‘नाइट स्टे’ नै हुन्न रे। ठिटाठिटीको कुरा मात्रै के कुरा उनका केस दाह्री फुलिसकेका ‘ड्याड’ ‘मम’ त कम हुन्नन्।

ड्याड ममहरू यसो खुसुक्क डेटिङमा निस्किने गर्या धरहराले नदेख्या हो र ? यसपटक पनि न्यु इयरको बहानामा ड्याडहरू छोरी समानका ‘बहारवाली’ र ममहरू ‘आफ्नो हजुर’ भन्दा कम उमेरको, तर ‘राम्रै गाँठवाला’सँग डेटिङमा रम्या प्रष्ट देख्यो। ‘डेटिङ स्पट’ सीमित भएपछि यस्तै हो, नहेरांै भन्यो देखिन्छ, धरहरा दोषी र ‘भिलेन’ भइहाल्छ।

कुनै बेला काठमाडौंका मेयर स्थापित ‘डेटिङ स्पर्ट’ बनाउँछु भन्थे, अहिलेका चाहिँ यसबारेमा के भन्छन् कुन्नी? अहिलेकाले ठाडो कान लगाएनन् भने स्थापितज्यूले आँटे हुन्छ, आखिर प्रदेश–३ को भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी तपाईंले नै सम्हाल्नु भा छ क्यारे।

प्रतिक्रिया दिनुहोस्