मिनी म्याराथुनको उपाधी दुर्गाराज बुढालाई



सलिम अन्सारी, प्युठान । दोस्रो मदन भण्डारी स्पोट्स खुल्ला दौड (हाफ म्याराथुन) प्रतियोगिताको उपाधी दुर्गाराज बुढाले जितेका छन् ।

मदन भण्डारी स्पोर्टस ऐकेडेमी प्युठानले नया बर्षको अवसर पारेर अल्ट्राधावक एवं पर्बतारोही संजय पण्डितको स्मृतीमा प्रतियोगिता आयोजना गरेको हो ।‘सबैका लागि खेलकुद’ ’स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ प्युठानमा आयोजित प्रतियोगितामा ४९ जना सहभागी प्रतिस्पर्धीलाई उछिन्दै रुकुमको साख गाउँपालिका ५ का दुर्गाराज बुढाले उपाधी हात पारेका हुन्

उनले १५ किलोमिटरको दुरी ५७ मिनेट ६ सेकेण्डमा पार गरे ।
त्यस्तै ५८ मिनेट ८ सेकेण्डमा सोही दुरी पार गरी नेपाली सेनाका जनक चन्द दोस्रो र ५८ मिनेट ५७ सेकेण्डमा दुरी पार गर्दै प्युठान स्याउंलिवाङका रुपलाल बुढामगर तृतीय भए । कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्नेहरुलाई क्रमशः नगद ३० हजार, २० हजार र १५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै उत्कृष्ट ७ भित्र परेका अन्य चार प्रतियोगी निमवाङ तामाङ,दामोदर बुढामगर,हिरा कुमाल र कृष्ण बुढालाई प्रोत्साहन स्वरुप नगद,मेडल र प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि एवम् एकेडेमीका केन्द्रीय अध्यक्ष तथा विनोद श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।शनिवार बिहान जिल्लाको चकचके देखि बाग्दुला बजार सम्मको १५ किलोमिटर दुरीमा प्रतियोगिता आयोजना गरिएको मदन भण्डारी स्पोट्रस एकेडेमी प्युठानका अध्यक्ष युवराज केसिले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्