रारा र आर्थिक समृद्धि



कहिले कालापत्थर त कहिले विकट जिल्ला मुगुको पर्यटकीय क्षेत्र रारामा मन्त्रिपरिषद्को बैठक बसेर सरकारले आर्थिक समृद्धिको नारा दिइएको छ। मुलुकको आर्थिक समृद्धि भए पनि नभए पनि रारावासीको भने आर्थिक समृद्धि पक्कै भएको छ।

प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषद्को बैठक नै रारामा राखेपछि आर्थिक समृद्धिको कुराले देश–विदेश सबैतिर चर्चा नपाउने कुरै भएन। हाम्रा प्रधानमन्त्रीले काम गर्ने हो कि चर्चामात्रै बटुल्ने हुन् अहिलेसम्म धरहराले बुझ्न सकेको छैन। जहाँ गयो त्यहीं चर्चा मात्रै बटुल्ने काम गर्नुभएका प्रधानमन्त्रीज्यूले कामचाहिँ कहिलेबाट शुरू गर्ने हुन् धरहराले अहिलेसम्म बुझेको छैन। राजधानीमा बेहाल छ। मान्छे खुला मुखले हिँड्न सक्दैनन्,खै त्यो समस्या कहिले समाधान हुने हो त्योचाहिँ धरहराले केही बुझ्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्