नयाँ वर्षमा देउवाले दिए सुभकामना 



नयाँ वर्षको शुभकामना दिदै नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले मुलुकको समग्र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दल तथा जिम्मेवार निकायहरु मुलुक, मुलुकवासी र लोकतन्त्रको पक्षमा आ–आफ्ना दलगत स्वार्थ र सिमाभन्दा माथि उठेर एकतावद्ध भई अगाडि बढ्न आवश्यक रहेको बताउनु भएको छ ।

नेपाली जनताको लामो त्याग र वलिदानको फलस्वरुप आफ्ना जनप्रतिनिधि मार्फत निर्माण भएको नेपालको संविधान बमोजिम स्थानीय, प्रदेश, प्रतिनिधिसभा र राष्ट्रिय सभाको ऐतिहासिक महत्वका निर्वाचनहरु सम्पन्न भई संविधानको सफल कार्यान्वयन भैसकेको बताउदै सभापति देउवाले संक्रमणकालिन राजनीतिबाट समेत मुलुकले निकास पाएको पनि बताउनु भएको छ ।

‘यो ऐतिहासिक उपलब्धी पछि नेपाली जनताको अबको महत्वपूर्ण चाहना भनेको आर्थिक विकास नै हो’ शुभकामना सनदेशमा देउवाले भन्नुभएको छ– यसको प्राप्तिको लागि हामी सबै एकजुट भई मुलुकको सर्वा्ङ्गिण विकासमा अग्रसर हुनु पर्ने बेला आएको छ ।

मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन नयाँ वर्ष २०७५ ले हामी सबैलाई प्रेरणा प्रदान गरोश भनि उहाले शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्