मदिरा सेवन गरेको आरोपमा नेपाली सेनाका चार जना पक्राउ



सञ्जय कार्की, रौतहट  । मादकपदार्थ सेबन गरेका नेपाली सेनाका चार जनाले रौतहटको चन्द्रपुरमा अशान्ति मच्याएका छन ।

बाटोहिडने बटुवाहरु लाई गाली गलौजमा उनीहरु उत्रिएपछि स्थानीयले बिरोध जनाएका छन । रौतहटको चन्द्रपुर–५ स्थित देउराली चौकमा रहेको एक होटलमा मदिरा पिएका दिल बहादुर शाही, रमेश राना, सुरेन्द्र भण्डारी, लक्ष्मिकान्त रायले होटल संचालक लाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको केही घण्टामानै नेपाली शेनाले उनीहरु लाई आफनो नियन्त्रणमा लिएको छ ।

ती चारैजना सर्लाहीको नवलपुर स्थित रणशेर गणमा कार्यरत रहोक छन । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेका उनीहरु लाई नेपाली शेनाको चन्द्रनिगाहपुरमा रहेको ईन्द्रबक्स गणले नियन्त्रणमा लिएपछि होटलमा उनीहरुले होटलमा खाएको २ हजार रुपैया तिरेको थियो ।

मादक पदार्थ सेबन गरेका नेपाली शेनाका उनीहरुले चन्द्रनिगाहपुरमा तान्डब नृत्यु प्रर्दशन गरेपछि स्थानीय आतकित बनेका थिए । चन्द्रपुर–९ सिन्धुरेघारीमा संचालित नेपाली शेनाको तालिमको उनीहरु शिक्षार्थी हुन ।

प्रतिक्रिया दिनुहोस्