२०७४ सालमा भएका स्वास्थ्य गतिविधि



भगवती तिमल्सिना

नर्भिक इन्टरनेसनल हस्पिटल २५औं वर्षमा प्रवेश गरेको अवसरमा विविध कार्यक्रम। पूर्वयुवराज्ञी हिमानीद्वारा नर्भिकको एमआरआई तथा सीटी स्क्यान सेवा शुभारम्भ।

सर्वोच्च अदालतले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. नूतन शर्मालाई तीन महिना निलम्बन गर्ने नेपाल मेडिकल काउन्सिलको निर्णय कार्यान्वयन नगर्न आदेश जारी गरेलगत्तै डा. शर्मा काममा फर्किनुभएको थियो।

नेपालमा २०७२ साल वैशाख १२ र २९ गते गएकोे विनाशकारी भूकम्पपश्चात् रेडक्रसले सञ्चालन गरेको आकस्मिक प्रतिकार्य मार्फत ३५ लाख बढी जनतामा आवश्यकीय उद्धार र राहत, स्वास्थ्य, खानेपानी तथा सरसफाइ जस्ता सेवा पु¥याउन सफल भएको जनाइएको छ।

नेपालमा २०७२ मा आएको विनाशकारी भूकम्पमा क्षति पुगेका सार्वजनिक महत्त्वका विषयमा पुनर्निर्माण गर्न सिंगापुर सरकार र त्यहाँका जनतामार्फत सिंगापुर रेडक्रसले नेपालमा सञ्चालन गरेका पुनर्निर्माणका पहिलो चरणको सबै परियोजना सम्पन्न गरेको छ।

विश्वव्यापीरूपमा अप्रिल महिनाको चौथो साताको बुधबार मनाइँदै आएको अन्तर्राष्ट्रिय महिला आईसीडी डे २०१७ नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइयो।

ग्रामीण भेगमा स्वास्थ्य सेवा सुधारको खाँचो रहेको तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले औंल्याउनुभयो। चिकित्साशास्त्र अध्ययन संस्थानका प्राडा गोविन्द केसीद्वारा चिकित्सा शिक्षा विधेयक हतारमा संसद्मा पु¥याउँदा विद्यार्थी र जनतामुखी बुँदाहरू छुटेकोमा सरकारको ध्यानाकर्षण।

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलले स्वास्थ्य सेवा गाउँका कुना–कुनासम्म पु¥याउने घोषणापत्रमा उल्लेख गरेका छन्।

मन्त्रिपरिषद्ले नेपाल स्वास्थ्य पूर्वाधार विकास मापदण्ड २०७४ पारित गरेको छ।

स्वास्थ्य मन्त्रालयले नयाँ संघीय संरचनामा चार तहका अस्पताल रहने व्यवस्था गरेको छ। विश्व मिडवाइफ दिवस २०१७ नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइयो। क्यान्सरको उपचार सेवा र शुल्कमा एकरूपता कायम गर्न तथा सस्तो बनाउन सरकारले ‘क्यान्सर प्रोटोकल’ लागू गरेको।

स्वास्थ्य सामग्रीमा हुने करोडौं अनियमितता रोक्ने निर्देशिका पारित।

औषधि व्यवस्था विभागको सुझावअनुसार सरकारले नै औषधि खरिद गरेर वितरण गर्दा उपभोक्तालाई ५० प्रतिशत सस्तो पर्ने।

औषधि आयातमा सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग गर्दै औषधि आयातकर्ताले मुखमा कालोपट्टी बाँधेर औषधि व्यवस्था विभागमा धर्ना दिएका।

नेपालमा मस्तिष्क मृत्यु (ब्रेन डेथ) पछि अंग प्रत्यारोपण गर्ने कानुन पारित भएलगत्तै अंग प्रत्यारोपण केन्द्रले पहिलोपटक दुई जनालाई नयाँ जीवन दिन सफल।

आँखा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय तथा प्रभावकारी बनाउन राष्ट्रिय आँखा स्वास्थ्य नीति–२०७४ ल्याएको।

धादिङमा श्राद्धको प्रसाद खाँदा ५४ जना गम्भीर बिरामी भई उपचारका लागि टेकु अस्पतालमा ल्याइएको।आर्थिक वर्ष २०७४÷०७५ को बजेटमा स्वास्थ्यमा ३१ अर्ब ७८ करोड छुट्याइएको। विश्व सुर्तीजन्य पदार्थ नियन्त्रण दिवस मनाउँदै विश्व स्वास्थ्य संगठनले नेपालमा हरेक वर्ष १५ हजार बढी मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारणले हुने गरेको बताएको। ५१ प्रतिशत नेपालीको मृत्युको कारकतŒव सुर्ती सेवन।
विश्व क्यान्सर दिवसका अवसरमा हरेक वर्ष १ करोड ४१ लाख क्यान्सरका नयाँ बिरामी देखिने र क्यान्सरका कारण हरेक वर्ष ८२ लाख मानिसको मृत्यु हुने खुलासा।

२०७२ वैशाख १२ को भूकम्पले भत्किएका मकवानपुरका तीन वटा स्वास्थ्य चौकी ५ करोडमा पुनर्निर्माण गरी समुदायलाई हस्तान्तरण। जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा अमेरिकेयर्सको आर्थिक सहयोगमा विराट नेपाल मेडिकल ट्रस्ट (बीएनएमटी) ले भवन निर्माण गरेको हो।

स्वास्थ्य संस्थालाई दुरुस्त राख्न ३ हजार ३ सय विशेषज्ञ चिकित्सकको आवश्यकता र स्वास्थ्य संस्था र अस्पतालका लागि आवश्यक पर्ने उपकरण दुरुस्त राख्नका लागि ३५ अर्बको लगानी गर्नुपर्ने अवस्था रहेको तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको भनाइ।

नमुना नेपाल बनाउन धुर्मुस–सुन्तली फाउन्डेसनलाई अल्का अस्पताल जाउलाखेलको २५ लाख सहयोग।
स्वास्थ्य मन्त्रालयका सचिव डा. सेनेन्द्रराज उप्रेतीको बिदाइ, मन्त्रालय मन्त्री र सचिव विहीन।

स्वास्थ्य मन्त्रालयले आफैंले बनाएको निर्देशिकालाई समेत लत्याउँदै २७ वटा सामुदायिक अस्पताललाई अनुदान दिएको, अहिलेसम्म कतिपय अस्पतालले खर्च विवरण पेस नगरेका।

वीर अस्पताललाई सरकारले विशेष प्राथमिकतामा राखेपछि बिरामीको चाप आधा बढी। प्रजनन स्वास्थ्यसम्बन्धी विधेयकमाथि महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समिति व्यवस्थापिका संसद् समितिलगायतका सरोकारवाला संस्थाको सहकार्यमा छलफल कार्यक्रमको आयोजना।

त्रिभुवन विश्वविद्यालयका चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को (स्नातोकर तह) एमडी, एमएस र एमडीएस तहको विद्यार्थी भर्नामा अनियमितता भएपछि त्रिविका पदाधिकारीहरू र बढी शुल्क लिने २ मेडिकल कलेजउपर छानविन र कारबाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गुहार।

असार मसान्तमा बजेट सक्ने क्षयरोगको कार्यक्रम, उमेर हदका कारण राष्ट्रिय क्षयरोग केन्द्र ठिमीका तत्कालीन निर्देशक डा. शरच्चन्द्र वर्मा सेवानिवृत्त भएलगतै स्वास्थ्य मन्त्रालयमा निर्देशक चयन गर्न चौतर्फी दबाब र डा. केदारनरसिङ केसी निर्देशकमा नियुक्त। यही चैत्र २० गतेदेखि डा. केसी पनि सेवानिवृत्त भएपछि पुनः पदका लागि पुरानै अवस्था सिर्जना।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक जना महिलामा स्वाइन फ्लु (एचवानएनवान भाइरस) देखा परेकोमा परीक्षणका क्रममा स्वाइन फ्लु पुष्टि।

उपत्यकामा स्वाइन फ्लुको संक्रमणबाट ६ जनाको मृत्यु हुनुका साथै दर्जनौं बिरामी अस्पतालमा भर्ना।मेडिकल शिक्षामा लापरबाहीको पराकाष्ठा।नेपाल नेत्र ज्योति संघमा प्राडा तीर्थप्रसाद मिश्र पुनः अध्यक्ष चयन।
काठमाडौ उपत्यकामा झाडापखाला र हैजा रोगको जोखिम अरूभन्दा बढी भएको ठहर। स्वास्थ्य सुधारको खाँचो औंल्याउँदै चौथर्फी आलोचना बढेपछि स्वास्थ्य मन्त्रालयले देशका महानगरको स्वास्थ्य नीति बनाउन १९ जना कर्मचारी खटाएको।

अफ्रिकाबाट आयातित मलेरिया नेपालका लागि चुनौती बन्दै। प्राथमिक उपचार मोबाइल एप्स महजोडीद्वारा सार्वजनिक। काठमाडौं, भक्तपुर र ललितपुरमा खानेपानी प्रदूषित भएका कारण सरुवा रोग फैलन सक्ने सम्भावना बढी भएको उद्घोष। स्वास्थ्यमन्त्रीमा तेस्रोपटक गिरिराजमणि पोखरेल।

नुवाकोटको बुङ्ताङमा जर्मन नियोग (जीआईजेड) को आर्थिक सहयोगमा निर्मत १६ वटा प्रि–फ्याब्रिकेटेड स्वास्थ्य चौकी भवनको उद्घाटन तथा नेपाल सरकारलाई हस्तान्तरण। स्वास्थ्य सेवा सुधारका लागि स्वास्थ्यमन्त्री गिरीराजमणि पोखरेलको निर्देशनमा अनुगमन।

स्वास्थ्य सेवा विभागको उप–महानिर्देशकमा चूडामणि भण्डारी नियुक्त।

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि अमेरिकाका कार्यावाहक राजदूत मिचेल गोन्जालेसबीच शिष्टाचार भेटवार्ता।

जनस्वास्थ्य संस्थालाई प्रभावकारी बनाउन स्वास्थ्यमन्त्रीको २६ बुँदे प्रतिबद्धता।

ओम अस्पतालबाट खटिएको टोलीद्वारा महोत्तरी र सप्तरीमा १ हजारभन्दा बढी बाढीपीडित स्थानीयको निःशुल्क उपचार।

मकवानपुरको भीमफेदीमा रहेको ऐतिहासिक पृथ्वीचन्द्र अस्पताल विकासका लागि गाउँपालिकाले आव २०७४÷०७५ का लागि ३० लाख विनियोजन।

चिनियाँ उपप्रधानमन्त्री वाङ याङलगायतको टोलीद्वारा राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रको अवलोकन।

अमेरिकाको टेक्सासमा गएको हुरिकेन हार्बीमा नेपालीसमेत अलपत्र।

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी) को वासिङ्टन डीसी महानगर क्षेत्रभित्र रहेको पशुपति बुद्ध मन्दिर परिसरमा आठ फिट अग्लो गौतम बुद्धको प्रतिमा सन् २०१७ सेक्टेम्बर १७ मा एक धार्मिक समारोहका बीच प्राण प्रतिष्ठा।

सरकारले निःशुल्क वितरण गर्दै आएको सिटामोलसम्म गुणस्तरहीन भएको स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धान रिपोर्टमा उल्लेख।

सन् १९९६ यताको पाँचौं सर्वेक्षण २०१६ ले नेपालीको स्वास्थ्य सुधारको अवस्था पत्ता लगाएको।

बी एन्ड बी अस्पतालको २०औं वार्षिकोत्सवको अवसरमा रक्तदान।

नेपालमा पहिलोपटक धुलिखेल अस्पताल, काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल र युनिर्भसिटी रेगनसवर्ग जर्मनीको संयुक्त आयोजनामा दुईदिने एलर्जिक सम्मेलन।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अकस्मात हृदयघातबाट मृत्यु।

संघीयतामा स्वास्थ्य व्यवस्थाको मस्यौदा २०७४ तयार।

अझै पनि ८० प्रतिशत जनता स्वास्थ्य सेवाको उचित पहुँचभन्दा बाहिर।

दोलखा बजारमा रहेको गौरीशङ्कर सामुदायिक अस्पतालले जनरल एमडीको टे«निङ सेन्टर सञ्चालनको तयारी गरेको।

नेपाल आँखा बैंकले मरणोपरान्त आँखाको नानी दान गरी अमरत्व प्राप्त गर्नुहुने श्रद्धेय महानुभावहरूको सम्झना र सम्मानमा उहाँहरूका परिवारको उपस्थितिमा श्रद्धासुमन अर्पण गर्न सामूहिक श्रद्धाञ्जलीसभाको आयोजना।

मन्त्रिपरिषद् बैठकले तत्कालीन स्वास्थ्यमन्त्री दीपक बोहराले अघि सार्नुभएको योजनालाई मूर्तरूप दिँदै मृगौला फेल भएका, क्यान्सर र स्पाइनल इन्जुरीका कारण प्यारालाइसिस भएका बिरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरेको।

मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयमा १२औं तहमा कार्यरत प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको।

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटा बेलायतको किंग्स कलेज हस्पिटल, डेनमार्क हिल, ब्रिक्टनमा अस्पतालमा भर्ना।

सरकारले मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ पारित गरेको।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका (संशोधित), २०७१ पारित।

जाजरकोटमा पुस ५ गतेदेखि फैलिएको भाइरल ज्वरो र रुघाखोकीका कारण ९ जनाको मृत्यु।
काठमाडांैमा विदेशी नक्कली डाक्टरको बिगबिगी ट्रमा सेन्टर वीर अस्पतालबाट तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा स्पाइनल इन्जुरी, मृगौला र क्यान्सरको उपचार गराइरहेका २७ जना बिरामीलाई जीवीकोपार्जन भत्ता हस्तान्तरण।

स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेबारी एक महिनाका लागि डा. विनोदमान श्रेष्ठलाई दिएको।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा डा. जगदीशप्रसाद अग्रवाललाई निरन्तरता।

सर्वोच्च अदालतले स्वास्थ्य सेवा विभागका महानिर्देशक रहनुभएका डा. राजेन्द्र पन्तलाई मन्त्रालय सरुवा गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको १२ दिनपछि स्वास्थ्य मन्त्रालयले डा. पन्तलाई विभागको महानिर्देशकमा पुनर्बहाली।

काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेल अस्पतालमा दोस्रो अन्तर्राष्ट्रिय नर्सिङ सम्मेलन सम्पन्न।

क्षयरोग केन्द्रको घोटाला छानविन गर्न कर्मचारीले प्रधानमन्त्रीसमक्ष गुहार।

स्वास्थ्य मन्त्रालयअन्तर्गतका प्रमुख पदमा व्यापक परिवर्तन।

प्रतिनिधिसभाको बैठकले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश–२०७४ पास।

विश्व स्वास्थ्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ सम्पन्न।

प्रतिक्रिया दिनुहोस्