प्रस्तावित विधेयक छलफलकालागि समितिमा पेश



हेटौंडा । तीन नम्बर प्रदेश सभाको बिहिबारको बैठकले स्थानीय तह, प्रदेश सभा र प्रदेशका मूख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सूविधा सम्बन्धि विधेयक, प्रदेश मामिला समितिमा छलफलका लागि पठाएको छ ।

गाउँनगर जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धि विधेयक, समेत प्रदेश मामिला समितिमा पठाईएको हो । मूख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले संसदमा दर्ता गराएको गाउँनगर जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धि बिधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सूविधा सम्बन्धि विधेयक, मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सूविधा सम्बन्धि विधेयक समितिमा पठाउन मूख्यमन्त्री पौडेलले संसदमा प्रस्ताब गरेपछि सो प्रस्ताव प्रदेश मामिला समितिमा पठाइएको हो ।

यस्तै प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सूविधा सम्बन्धि विधेयक, छलफलकालागि प्रदेश मामिला समितिमा पठाउन प्रदेश सभाको बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालीकराम जम्मकट्टेलले प्रस्ताव गर्नुभएको थियो । प्रदेशसभाको अघिल्लो बैठकमा प्रस्तुत भएका चारवटा विद्येयक संशोधनका लागि २९ जना सांसदहरुले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्