बजेट अभावले योजना प्रभावित



सलिम अन्सारी, प्युठान ।
अर्थ मन्त्रालयबाट प्रयाप्त बजेट निकासा नहुँदा जिल्लामा सञ्चालित बिकास आयोजनाहरु प्रभावित भएका छन् ।

डिभिजन सडक कार्यालय प्युठानले निर्माणाधिन पुल र सडकका लागि रकम अभाव भएपछी काम प्रभावित हुने अबस्था आएको बताएको छ। कार्यालयका अनुसार ठेकेदारले निर्माण गरिरहेको संरचनाको भुक्तानि गर्न रकम नहुंदा समस्या भएको हो।

प्युठानमा दश वटा पक्की पुल र पाच वटा सडक निर्माणाधिन अबस्थामा छन। यी कामको प्राविधिक मुल्याकंन सकिएर तयार बिल बापतको रकम नआउँदा निर्माण ब्याबसायीले काम रोकेका छन। चलिरहेका आयोजनाको काममा पनि सुस्तता छ।

डिभिजन सडक कार्यालय प्युठानका प्रमुख सुरेश न्यौपानेले बिभागबाट रकम न आउँदा ठेकेदार कम्पनीलाई रकम भुक्तानी दिन नसकिएको बताए।

योजनाका लागि चालु आर्थिक बर्षको सुरुमा १९ करोड रुपैया पठाएको मन्त्रालयले त्यस यता रकम पठाएको छैन।त्यसमध्ये १८ करोड रुपैया पुर्वाधार निर्माणमा खर्च भईसकेको छ। जवकि योजना सम्पन्न गर्न सडकले ४० करोड रुपैया माग गरेको थियो।

उता निर्माणकर्मिले कामबापतको रकम ताकेता गरिरहेको सडक डिभिजन प्रमुख न्यौपानेको भनाई छ। उनले थप रकम माग्न धेरै पटक विभागमा पुगेको बताए ।
‘विभागसँग २२ करोड मागेका छौं ।

न्यौपानेले भने, ’ बिभागबाट रकम आएको छैन। यसले गर्दा वर्षौंदेखि माग गरेर बल्ल सुरु भएका योजना निर्माण सम्पन्न हुनेमा अन्योल भएको छ ।’

सरकारी प्राथमिक्ताको सुचिमा रहेका सडकहरुले पनि गति लिन सकेका छैन्न। जिल्लामा माडी नदी पुल ऐरावती सडक, माडी नदी बेल्वास पुल, डाब्रा–माझीदमार झिमरुक खोला पुल, लुङखोला पुल, लाखाचौर–स्याउँलीबाङ सडक, झिमरुक नदी पुल दाखाक्वाडी–खैरा, झिमरुक खोला पुल कैरन–सरङबेंसी बरौला, सुख्खा खोला पुल दरभान–ऐरावती सडक, सिरिङखोला पुल रजबारा, माडीखोला पुल सारी चतुर्भुज, झिमरुक खोला पुल झिबाङ–घुइबाङ–रस्पुरकोट सडकलगायत स्थानमा निर्माणाधीन पुलहरूमा रकम अपुग भएकाले समस्या भइरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्