इक्यानमा पाण्डे समूहको उम्मेदवारी घोषणा



नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को वैशाख आठ गते हुन लागेको निर्वाचनमा विष्णुहरि पाण्डे समूहले उम्मेदवारी घोषणा गरेको छ ।

राजधानीमा आयोजित कार्यक्रममा उनीहरुले आफूहरुले जितेमा समग्र परामर्श व्यवसायको भलाइका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

१८ सदस्यीय कार्य समितिमा पाण्डेको समूहबाट तीन जना उपाध्यक्षमा इडियु कन्सल्टेन्सीका देवीदास भट्टराइ, फास्ट ट्रयाक एजुकेसनका खड्ग ताम्लिङ लिम्बु र एनआइइसी कनसल्टेन्सीकाी सपना राजभण्डारी उम्मेदबार बनेका छन् ।

त्यस्तै महासचिवमा अर्बिट इन्टरनेशनल शेषराज भट्टराइले उम्मेदबारी घोषणा गरेका छन् ।

कोषाध्यक्षमा ब्रोडवेज एजुेकसनका गोविन्द अधिकारी र सह कोषाध्यक्षमा पिसफुल एजुकेसनका निरुपमा राजभण्डारीले उम्मेदवारी घोषणा गरेकी छन् । सचिवमा लिंक युएस चितवनका श्यामबहादुर कडेल (सोम) र इन्लाइसटन इन्टरनेशनलका दीपकराज भुषाल लेउम्मेद्धारी दिनुभएको छ ।

सदस्यहरुमा चिवा एजुकेसनका प्रकाश श्रेष्ठ, मिसन डाक्टरका पुष्पराज भट्टराइ, पोखरामा रहेको नमस्ते एजुकेसनका कर्णवहादुर गुरुङ, प्रञ्जल एजुकेसन ललितपुरका वासुदेव दाहाल, सेन्ट्रल कलेजका वाइवि पौडेल, कान्तिपुर एजुकेसनका विके श्रेष्ठ, हार्वफोर्ड इन्फोटेकका महेश श्रेष्ठ, इण्डो ग्लोबल फाउण्डेसनका सुदन चौहान र प्यासिफिक एजुकेसनक शुष्मा आचार्य उम्मेदबार बनेका छन् ।

दुइ वर्षे कार्यकालमा आफूले गर्ने कामहरुको सुचि समेत पाण्डेले सार्वजनिक गरेका छन् । इक्यानलाइ सक्षम, सबल र समृद्ध व्यवसाय बनाउन आफूहरुको जित आवश्यक रहेको पाण्डेले बताए । उम्मेदवारी घोषणा कार्यक्रममा हालका अध्यक्ष प्रकाश पाण्डे, निवर्तमान अध्यक्ष राजेन्द्र बराल, पूर्व अध्यक्ष दीपक गुरुङ तथा पूर्व उपाध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्