कक्षा ८ को नतिजा सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले कक्षा ८ को नतिजा सार्वजनिक गरेको छ । हप्तादिनमै सार्वजनिक गरेर ११ औं दिनमा बिहीबार सबै विद्यार्थीलाई मार्कसिट समेत वितरण गरेको छ ।

संविधानले विद्यालय शिक्षालाई स्थानीय सरकार मातहत ब्यवस्था गरेसँगै महानगरले कक्षा ८ को परीक्षा सञ्चालन गरेको थियो । गत चैत ८ देखि १८ मा भएको परीक्षाको नतिजा २५ गते नै सार्वजनिक गरेका थियो । स्थानीय निकाय मध्य कामपाले पहिलो पटक अनलाईन प्रविधिबाट परीक्षाफल प्रकाशित गरेको हो ।

महानगर भित्रका ११ श्रोत केन्द्र अन्र्तगत रहेका ७८ सामुदायिक र ४ सय ७९ निजी गरी ५ सय ५७ विद्यालयमा कक्षा ८ मा अध्ययनरत १८ हजार ७ सय ४१ विद्यार्थी परीक्षामा सहभागी रहेका महानगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव प्रल्हाद अर्यालले जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरका मेयर विद्यासुन्दर शाक्यले अहिले प्राप्त उपलब्धिलाई थप विस्तार गर्दै महानगरको शैक्षिक गुणस्तर बढाउन अघि बढ्ने बताउनुभयो ।

परीक्षाफल प्रकाशित गर्ने कार्यक्रममा बोल्दै उपमेयर हरीप्रभा खड्गीले कार्यक्रममा उपप्रमुख हरीप्रभा खड्गी, टंगाल माविका प्रअ राजेन्द्र अधिकारी, निजी विद्यालयका तर्फबाट नगर परीक्षा समितिमा प्रतिनिधित्व गरेका गोपाल आचार्य लगायतले समयमै नतिजा सार्वजनिक गरेकोमा महानगरलाई धन्यवाद दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्