‘डन शिक्षक’



सरकारले सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पु¥याउने योजनासहित ५ वर्षका लागि विभिन्न विषय समेटिएको शैक्षिक मार्गचित्र सार्वजनिक गरेछ। मार्गचित्रमा समेटिएका प्रायः सबै विषय गज्जबका छन्। विगतको पाठ, वर्तमानको धरातल र भविष्यको अपेक्षा सम्बोधन गर्न शिक्षा मन्त्रालयले मार्गचित्रको खाँचो महसुस ग/\या रे।

मार्गचित्रमा तत्कालीन भन्दा पनि दीर्घकालीन योजना बढी छन्। विद्यालय तहको शिक्षालाई निःशुल्क तथा विश्वविद्यालय तहको शिक्षालाई अनुसन्धानमूलक बनाउने प्रतिबद्धता व्यक्त गर्दैै शिक्षामन्त्री पोखरेलले मार्गचित्र सार्वजनिक ग¥या हुन्। मुलुकलाई समृद्ध बनाउने कामलाई सुनिश्चित हुनेगरी आवश्यक कानुनी, संरचनागत र संस्थागत रूपान्तरण गर्ने उनको दाबी छ।

विषयगत शिक्षक अभाव, खेताला शिक्षक, विभिन्न पेसाका अतिरिक्त व्यवसाय र राजनीतिमा सक्रिय रहने ‘डन शिक्षक’का कारण शैक्षिक अवस्था खस्किएको जस्ता विषय कहिले सम्बोधन हुने हो? अनि हरेक वर्ष दुर्गम भेगमा पाठ्यपुस्तक उपलब्ध नभएको कुरा दोहोरिन्छ। यो विषय कहिले सम्बोधन हुने हो? दुर्गम भेगमा पुस्तकको बदलामा द्रुत गतिको इन्टेरनेटबाट कक्षा सञ्चालन पो हुने हो कि?

द्रुत गतिको इन्टरनेट त दुर्गम भेगमा पुग्ला, अनि कम्प्युटर र इन्टरनेट शिक्षा सिकाउनेहरू पनि द्रुत गतिमै पुग्ने हुन्? कि स्थानीयस्तरमा दक्ष जनशक्ति तयार गरिने हो, लौन यस्ता प्रश्नको जवाफ पाए धरहरा आभारी हुनेथ्यो।

प्रतिक्रिया दिनुहोस्