बर्थडेमा म्युजिक भिडियोसहित नयाँ गीत



गायिका सहिमा श्रेष्ठले बर्थडेको अवसर पारेर केक काट्दै नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन्।

उनले कुनै दिन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्। किरण केसी ‘क्रोधी’ को शब्द तथा दीपक शर्माको संगीत रहेको उक्त गीतको म्युजिक भिडियोमा नायक पुष्पल खड्का तथा नायिका शिल्पा पोखरेलले अभिनय गरेका छन्। लहाङ सुब्बाले एरेन्ज गरेको गीतको म्युजिक भिडियो ज्ञानेन्द्र शर्माको छायांकन गरेका छन् भने संगीतकार दीपक शर्मा आफैंले निर्देशन गरेका छन्।

आफूलाई छोटो समयमा नै चर्चामा पु¥याएर स्थापित हुनलाई सहयोग गर्ने फ्यान फलोअर्स र शुभेच्छुकप्रति आफू सदैव ऋणी रहेको गायिका श्रेष्ठले कार्यक्रममा बताइन्।

प्रतिक्रिया दिनुहोस्