युरोपीयन च्याम्पीयन्स लिगः क्वाटरफाइनलबाटै बाहिरियो बार्सीलोना



इटाली,युरोपीयन च्याम्पीयन्स लिग २०१७/१८ को संसकरणमा बार्सीलोना क्लब क्वाटरफाईनलबाट बाहिरिएको छ । इटालीको रोममा इटालीएन क्लब एस रोमाको घरेलु मैदानमा भएको खेलमा बार्सीलोनालाई ३-० को फराकीलो गोल अन्तरले हराउँदै एस रोमाले जित दर्ता गरेको हो ।

सधैँ अपराजीत यात्रामा रहेको बार्सीलोनाले कुनै गोल गर्न नसक्दा बार्सीलोना यस बर्षको इरोपीएन च्याम्पीयन्स लीगबाट बाहीरीएको छ । इटालीएन क्लब्ले छेटौँ मिनेटमै अग्रता कायम गर्दै खेलको ५८ मिनेटमा पेनाल्टीमार्फत गोल गरेको थियो । आफ्नो डिफेन्स कायम राख्दै रोमाले ८२ मिनेटामा अर्को गोल गर्दै जित हाँसील गरेको हो ।

यसरी बार्सीलोनाको घरेलु मैदानमा ४ १ पछाडी परेको रोमाले आफ्नो नतिजा उल्टाउँदै अपराजित बार्सीलोनामाथि रोमाञ्चक जित हात पारेको हो ।
यस जितसँगै एस रोमा च्याम्पीयन्स लीगको सेमीफाइनलमा प्रवेस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्