भरतपुरमा १० अाैं राष्ट्रपति रनिङ शिल्ड शुरु



चितवन । भरतपुरमा मंगलबारदेखि १० अाैं  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु भएको छ ।

रनिङ शिल्ड अन्तर्गत शुरु भएको क्षेत्रीय खेलमा पहिलाे दिन एक सय मिटर दौड, दुई सय मिटर दौड, आठ सय मिटर दौड, १५ सय मिटर दौड, लङजम्प, भलिबल, कबड्डी लगायतका खेल भएका छन् ।

क्षेत्र नम्बर २ मा नै बुधबार चार सय मिटर दौड र तीन किलोमिटर दौड, सटपुट, हाइजम्प, त्रिपलजम्प, ज्याब्लीङ थ्रो हुनेछ । मार्सल आर्ट अन्तर्गत कराते, तेकवान्दो र उसुको खेल भने वैशाख ७ गते गर्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

प्रतियोगिता उद्घाटन गर्दै प्रदेश सांसद विजय सुवेदीले संसारमा नेपालले नाम कमाउन सक्ने क्षेत्र भनेको खेलकुद नै भएको बताउनु भयो । शिक्षा, स्वास्थ्य, विज्ञान लगायतका क्षेत्रहरुमा अरुले नेपाललाई पछाडि पारिसकेकोले अब खेलकुदको विकास गर्दै नेपालले उत्कृष्ट खेलाडी उत्पादन गर्नुपर्ने सांसद सुवेदीले बताउनुभयो ।

क्षेत्र नम्बर ३ को खेल वैशाख २ गते शुरु हुने जनाएको छ । चितवनका तीन वटै क्षेत्रबाट विजयी भएका खेलाडीहरुले वैशाख ७ गते जिल्ला स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गने खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्