कृत्रिम गर्भाधानका लागि डाक्टरद्वारा आफ्नै शुक्रकिट प्रयोग



टोरोन्टो, (एजेन्सी)
क्यानाडाका एक प्रजनन् विशेषज्ञ चिकित्सकमाथि गर्भाधानका लागि आफ्नै वा अज्ञात व्यक्तिको शुक्रकिट प्रयोग गरेकोमा दर्जनौं पीडितले मुद्दा हालेका छन्।
डाक्टर नोरमन ब्राविनमाथि गत नोभेम्बरमा मुद्दा दायर गरिएको थियो। एक डीएनए परीक्षणमा उनका १ बिरामीकी छोरीका पिता नोरमन आफैं भएको पत्ता लागेको थियो।

योबाहेक अन्य ११ जनाले पनि आफ्ना सन्तानका जैविक पिता नोरमन नै भएको दावी गरेका छन्। नोरमन विरुद्ध ५० जनाले उजुरी गरेका छन्। उनीहरूका सन्तानको डीएनए उनीहरूले चयन गरेकाहरूको डीएनएभन्दा फरक भएको बताएका छन्। डाक्टर विरुद्धको यस्तो उजुरी सन् १९७० को दशकसम्मका घटनासम्म पुगेको बताइएको छ।

यी मामिला २ वटा फर्टिनिटी क्लिनिक ओटावा र ओन्टारियोका हुन्। डाक्टर ब्राविनका वकिल केरोन हेमवेले नयाँ आरोपहरूमाथि कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ।

फर्टिलिटी क्लिनिकमा गएका ११ जनाले आफ्ना सन्तानको डीएनए परीक्षण गराएका थिए। परीक्षणबाट गर्भाधान गर्न डाक्टरले आफ्नै वा अन्य कसैको शुक्रकिट प्रयोग गरेको पत्ता लाग्यो। अर्को घटनामा डीएनए परीक्षण गरेका अन्य १६ जनाले उनीहरूका सन्तानका जैविक पिता अरू नै भएको पत्ता लागेको उजुरी गरेका छन्। यद्यपि वकिलले उनीहरूको जैविक पिता थाहा हुन नसेकेको बताए।

त्यसै गरी ३५ जनाको एक समूहले सन्तानका लागि जुन शुक्रकिटको चयन गरेको हो उसको डीएनएसँग मेल नखाएको बताएका छन्।
डेनियल र डेविना डिक्सनसँग उनकी छोरी रिबेकाले डाक्टर विरुद्ध उजुरी दिएपछि गत नोभेम्बरमा यो मामिलाबाहिर आएको थियो। उक्त परिवारले आफ्नी छोरी रिबेकाको डीएनए परीक्षण गराउँदा उनकी छोरीका जैविक पिता डाक्टर नोरमन आफैं भएको पत्ता लागेको थियो।

यो परिवारले सन् १९८९ मा डाक्टर नोरमनसँग गर्भाधानका लागि सम्पर्क गरेका थिए। त्यसको ठीक १ वर्षपछि रिबेकाको जन्म भएको थियो। डेविनालाई रिबेकाको आँखाको रङ्का कारण शंका लागेको थियो, किनभने डिक्सनको आँखा निलो थियो।

प्रतिक्रिया दिनुहोस्