खेलाडी संघको ध्यानाकर्षण



काठमाडौं, (नेस)
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले खेल र खेलाडीको हितलाई लक्षित गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) लाई सोमबार ध्यानाकर्षण गराएको छ।

खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा गएको टोलीले मन्त्री विश्वकर्मालाई ६ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गर्यो। पत्रमा खेलाडी र पूर्वखेलाडीलाई सरकारले सामाजिक सुरक्षा (शिक्षा, स्वास्थ्य, बिमा, यातायात) भत्ता व्यवस्था गर्नुपर्ने, प्रतियोगिताको वर्गीकरण गरी पदक जित्ने खेलाडीलाई भत्ता उपलब्ध गराउन नीति बनाउनुपर्ने रहेका छन्।

त्यस्तै नयाँ पुस्ताका खेलाडीलाई खेल क्षेत्रमा भविष्य छ भन्ने अभिभावकहरूलाई आभाष हुने गरी नीति बनाउनुपर्ने, सबै खेलाडीको स्तरअनुसार पहिचान खुल्ने गरी परिचय पत्रको व्यवस्था गरी निश्चित सहुलियतका लागि पहल गर्नुपर्ने, खेल जीवनपछि पनि स्वदेशमै बस्ने वातावरण बनाउन सरकारले नीतिगत पहल गर्नुपर्नेछन्। साथै आगामी १३औं दक्षिण एसियाली खेलकुद निर्धारित समय आयोजना हुनुपर्ने उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्