नयाँ दिल्लीमा पत्रकारमाथि गोली प्रहार



नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्लीको नजिकै आइतबार साँझ एक पत्रकारमाथि गोली प्रहार भएको छ । भारतको राजधानीनजिकै रहेको उनको घरभित्र नै उनीमाथि गोली प्रहार भएको र उनी गम्भीर घाइते भएका सरकारी स्रोतले सोमबार जानकारी दिएको छ ।

नयाँ दिल्लीको बाहिरी इलाकामा अवस्थित उत्तर प्रदेशको घाजीयावाद रेहेको पत्रकार अनुज चौथरीको घरमा नै आइतबार साँझ गोली प्रहार गरिएको छ । अनुज हिन्दी न्युज टेलिभिजन च्यानलमा कार्यरत रहेका जनाइएको छ ।

आइतबार साँझ मोटरसाइकलमा आएका दुईजना आक्रमणकारीले अनुजको पेट र दाँहिने हातमा गोली प्रहार गरेका थिए । उनको हाल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

अनुज साहारा समय भन्ने हिन्दी टेलिभिजन न्युज ज्यानलमा कार्यरत छन् । पत्रकारमाथि भएको सो आक्रमणको अनुसन्धान जारी रहेको बताइएको छ ।

चौथरीका श्रीमती भारतको बहुजान समाज पार्टी (बिएसपी) का स्थानीय सदस्य हुन् । उनले उत्तर प्रदेशस्थित लाखौँ तल्लो जाती दलितको समर्थनमा कार्य गर्दै आएकी बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्