प्रर्यटक भिर्याउन हनि हन्टिङ



सिर्जना पन्त, बागलुङ ।

बागलुङको पश्चिम क्षेत्रलाई प्रर्यटकको गन्तव्य बनाउँनको लागि फरक अभ्यास गर्न थालिएको छ । हिम श्रृङखला, अग्ला पहरा र छहरा संगै नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्ष रहेको बागलुङको पश्चिममा यस वर्षबाट हनि हन्टिङ (मह शिकार) गर्न शुरु गरिएको छ । गल्कोट नगरपालिका–४ निलुवामा रहेको मौरीभिरमा यस वर्ष हनि हन्टिङ महोत्सवको आयोजना गरेरै मह शिकार गर्न शुरु गरिएको हो ।

शनिबार दक्ष मह शिकारीले आफ्नो शिप र अनुभवको प्रर्दशन गर्दै निलुवाको अग्ला भिर र पहराबाट परम्परागत विधिको प्रयोगले मौरीको पोलाबाट मह निकालेका छन् । निलुवा प्रर्यटकिय क्षेत्र प्रवद्र्धन समितिको आयोजनामा भएको महोत्सवमा मह शिकारीले परम्परागत विधि अपनाएर ४ वटा मौरीको पोलाबाट निकालेको आयोजकले बताएको छ ।

निलुवालाई पर्यटकीय क्षेत्रको रुपमा प्रवद्र्धन गर्नको लागि निकै दुर्वभ तथा साहासिक कामको रुपमा लिईदैं आएको हनि हन्टिङलाई यस बर्षदेखि महोत्सवको रुपमा मनाउन शुरु गरिएको निलुवा प्रर्यटकिय क्षेत्र प्रवद्र्धन समितिका अध्यक्ष ओमकार सुवेदिले बताउँनुभयो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षीत गर्ने गरी प्रत्येक वर्ष हनि हन्टिङ महोत्सवको आयोजना गरिने उहाँले बताउँनुभएको छ । ‘नेपालमा विरलै हुने गरेको मह शिकार यस वर्षदेखि गलकोटमा गर्दैछौँ, उहाँले भन्नुभयो पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने हाम्रो विश्वास छ’ ।

महोत्सवको आयोजना गर्नको लागि गलकोट नगरपालिका, निलुवा समाज जापान लगायतका संघसंस्था र व्यक्तिले आर्थिक सहयोग समेत गरेका थिए । भिर मौरीको मह स्वास्थ्यको लागि समेत फाइदाजनक हुने भएकाले गल्कोट क्षेत्रमा व्यवसायिकरणको सम्भावना उच्च रहेको वार्ड नं ४ का अध्यक्ष बलबहादुर खत्रीले बताउनुभएको छ ।

‘गलकोटको धेरै ठाउँमा भिर मौरी भए पनि अहिलेसम्म मह काढ्ने गरिएको छैन, उहाँले भन्नुभयो महोत्सवले मह शिकार हेर्ने अवसर संगै यहाँका स्थानियलाई व्यवासयिक बन्न पनि प्रोत्साहन मिल्ने छ ।’

प्रतिक्रिया दिनुहोस्