पशु सेवा कार्यालयको ९० लाख हिनामिना



कालीवहादुर मल्ल, कालिकोट ।

जिल्ला पसु सेवा कार्यालय कालिकोद्धारा सञ्चालित कृषि तथा खाद्य सुरक्षा आयोजना, साना अनुदान परियोजनाको ९० लाखमा अनियमिता भएको पाइएको छ ।

नेपाल सरकार जिल्ला पशु सेवा कार्यालय कालिकोटले संचालन गरेको आयोजनाले २०७४/०७५ को स्वीकृत प्रस्तावमा बास्तविक किसान नदिएर नक्कली किसानहरुलाई रकम दिएर ९० लाख रुपैयाँ अनियमिता गरेको हो ।

जिल्ला पशु सेवा कार्यालयका प्रमुख,लेखापाल र नक्कली किसानहरु मिलेर आयोजना रकम अनियमिता गरेको पाईएको हो ।

अनियमिता गर्नेमा निर्वाचित वडा अध्यक्ष, ब्यापारी र राजनीतिकर्मीहरुको समेत मिलेमतो भएको पाइएको छ ।

तिन लाखसम्म अनुदान पाउने साना किसानहरुको जिल्ला पशु सेवा कार्यालयका कर्मचारी १५ हजार कन्टल्जेन्सी भनेर लगेको २ लाख ७५ हजारसम्म अनुदान पाउनेबाट १३ हजार ७ सय ७५ हजारसम्म रुपैयाँ कृषि कार्यालयका कर्मचारीले काटेको एक सहकारीका अध्यक्षले बताए । ‘किसानहरुलाई ब्यवसायीकरण गर्न अनुदान दिएको पैसामा कन्टल्जेन्सी नकाटनु पर्ने हो ।’ उनले भने,‘कति त नक्कली किसानहरुलाई समेत अनुदान दिएको छ ।’

जिल्लाका ३३ वटा समूह सहकारी अनुदान दिइएको रकममा ३२ वटा समूहबाट १३ हजार ७ सय ७५ हजारसम्म ४ लाख ४० हजार र १ समूहबाट १५ हजार रुपैयाँ समूहबाट पशु सेवा कार्यालयबाट उठाइएको पाइएको छ ।

अनुदान लिनेहरुले अनुदानको रकम लगेको भएपनि ब्यवसाय संचालन गरेका छैनन् । जिल्ला पसु सेवा कार्यालय प्रमुख ब्रजकिसोर ठाकुर सरुवा भएपनि जिल्लामै फोन सम्पर्क नहुने गरी वसेका छन भने, निमित्त प्रमुख पूर्ण गिरीलाई सम्पर्क गर्न खोज्दा फोन उठाउदैनन ।

वास्तविक किसानहरुलाई दिनुपर्ने अनुदान रकम कुखुरापालन समूहलाई डेरी संचालन गर्न समेत अनुदान दिइएको छ ।

आफुले ब्यवसाय संचालन गर्नका लागि अनुदान लगेको भएपनि ब्यवसाय संचालन गर्न नसकिएको नरहरीनाथ गाउँपालिका–८ अनिलकुमार बिष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्