भर्खरै जेलबाट छुटेका सलमान जेठ १२ मा नेपाल आाउँदै



काठमाडौँ । भर्खरै जेलबाट छुटेका भारतिय अभिनेता सलमान खान आगामी जेठ १२ मा नेपाल आउने कार्यतालिका तय भएको बताइएको छ । अघिल्लो महिना स्थगित भएको सलमान खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएकोले उनी नेपाल आउन लागेको कार्यक्रम आयोजकहरुले बताएका छन् ।

नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई मुम्बईमा रहेको जेए इभेन्ट्सले पठाएको पत्रमा मे २६ तारिख अर्थात् जेठ १२ गते सलमानको दबङ टूर नामक सो आयोजनाका लागि निश्चित गरिएको उल्लेख गरेको छ ।

पत्रमा सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको समेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्