सिरियाकाे विमानस्थलमा मिसाइल आक्रमण



काठमाडौं । सिरियाको होम्स शहरमा रहेको सैन्य विमानस्थलमा सोमबार बिहानै मिसाइल आक्रमण भएको छ । टी फोर एयर बेसमा बिस्फोटको आवाज सुनिएको सिरियाली टेलिभिजनले जनाएको छ ।

 

सुरक्षाका लागि हवाई सुरक्षा प्रणाली तैनाथ गरिएको सरकारी अधिकारीले बताएका छन् । सिरियाली सरकारी समाचार संस्था सनाले तयफुर विमानस्थलमा मिसाइल आक्रमण भएको छर क्षतिको विस्तृत विवरण नआएको जनाएको छ ।

 

बिद्रोहीको कब्जामा रहेको पूर्वी गुटाको डुमा शहरमा विषालु ग्यास आक्रमण भएको घटना सार्वजनिक भएको भोलिपल्ट नै सिरियाली सेनाको विमानस्थलमा आक्रमण भएको हो ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विषालु ग्यास आक्रमण घटनाको निन्दा गर्दै सिरियाली राष्ट्रपतिलाई पशुको शंज्ञा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्